पोखरा / चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टे भिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ ।
चितवन प्रहरीका अनुसार आज बिहान ५ बजेको समयमा सडकमाथिबाट सुक्खा पहिरो खसेको हो । सडकमा खसेको पहिरो हटाउनका लागि पहल भइरहेको छ ।
पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। सडक खुल्न समय लाग्न सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
यसअघि आइतबार पनि यही ठाउँमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो ।





