बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३
  • २६ कार्तिक २०८३ , बिहिबार
  • November 12 2026

निलम्बित सदस्य सचिव भन्छन् ” म दोषी भए अनुमोदन गर्ने सचिव र मन्त्री निर्दोष कसरी ?

निलम्बित सदस्य सचिव भन्छन् ” म दोषी भए अनुमोदन गर्ने सचिव र मन्त्री निर्दोष कसरी ?


  • विजय नेपाली
  • कार्तिक २६ २०८३, बिहिबार

पोखरा / प्रदेश खेलकुद परिषद् गण्डकी ( प्रखेप) का सदस्यसचिव श्रीधर शर्माको पद बर्खास्त भएको छ । खेलकुद पदक वितरणमा अनियमितता र प्रक्रियागत त्रुटि गरेको आरोपमा मन्त्रिपरिषद्को बैठकले शर्मालाई बर्खास्त गरेको हो । आफुलाई बर्खास्त गर्ने सुइको पाएका शर्मा त्यस अघि नै अदालत पुगिसकेका थिए । अदालतले पनि मंसिर २ गते सक्कल कागजपत्रसहित दुबै पक्षलाई बोलाएको छ । त्यस अगाबै पद बर्खास्त परेपछी युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ र सचिव शेषनारायण पौडेललाई समेत कार्वाही हुनुपर्ने जिकिर गरेका छन ।

उनले मन्त्री परिषद्ले आफुलाई स्पष्टीकरण दिने मौका समेत नदिएको र अदालतमा मुद्दा रहेको अवस्थामा निर्णय गर्नु गलत रहेको बताएका छन्  । डा.शेषनारायण पौडेल जो आफै पदक वितरण निर्णय र प्रक्रिया,कार्यक्रम मै सहभागी पदाधिकारी हो उहाँ नै अर्का पदक वितरण गर्ने,निर्णय गर्ने र प्रमाणपत्रमा दस्तखत समेत गर्नेले अनैतिक, प्राकृतिक न्यायको सिद्धांत विपरित र गैरकानुनी रुपमा मन्त्रीको हैसियतले छानबी समिती गठन गर्ने र त्यो गठित छानबिन समितीका संयोजक जि कुन प्रमाणबाट मलाई सजाय गर्ने सिफारिस गर्नु भो ? मलाई प्रमाण देखाउनु भो? प्रतिरक्षा गर्ने मौका दिनु भो” उनले भने ।

मन्त्री र सचिवसहित २०८३ बैशाख ९ गते परिषद्को बोर्ड बैठकले पदक पाइने ७ जनाको नाम अनुमोदन गरेको थियो । शर्माले छनविन समिती समेत मन्त्री स्तरबाट गर्न नमिल्ने र विवादमै हस्ताक्षर गरेका सचिवको संयोजकत्वमा हुनुले उनिहरुलाई चोख्याउने खेल भएको बताउछन्  । परिषद्ले पहिलोपल्ट वितरण गरेको खेलकुद पदक तथा नगद पुरस्कार वितरण विवादमा आएको हो । शर्माले आफुखुसी आफुअनुकुल व्यक्तिलाई अवभाविक तरिकाले पदक दिलाएपछी विवाद भएको हो ।

गण्डकी प्रदेश खेलकुद परिषद्ले आर्थिक वर्ष २०८१÷८२ का लागि पहिलोपटक ‘गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८१’ अनुसार पदक वितरण गरेको थियो ।

३० असारमा आयोजित कार्यक्रममा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, क्रिकेट प्रशिक्षक रिजन प्रजु, आर्चरीका असिम शेरचन र योगेन्द्र शेरचन, आईटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर तथा खेलकुद पत्रकार केशव पाठक लगायत व्यक्तित्वलाई पदक तथा सम्मान प्रदान गरिएको थियो । नेपाल भूतपूर्व खेलाडी मञ्चलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->