शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३
  • २७ कार्तिक २०८३ , शुक्रबार
  • November 13 2026

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशले लिए शपथ

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशले लिए शपथ


  • ढाेरपाटन संवाददाता
  • कार्तिक २७ २०८३, शुक्रबार

काठमाडौं/सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीश मनोजकुमार शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।

न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइपश्चात राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नियुक्त गरेका थिए । नवनियुक्त न्यायाधीशहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->