शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३
  • २७ कार्तिक २०८३ , शुक्रबार
  • November 13 2026

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०८३, शुक्रबार

पोखरा / जिल्ला समन्वय समिति कास्कीले पोखराको बाराही घाटस्थित जग्गा रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन आग्रह गरेको छ । जिल्ला समन्वय कास्कीको शुक्रबार सम्पन्न ५४ औँ बैठकले निर्णय गरे बमोजिम उक्त आग्रहगरेको हो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले पोखरा महानगरपालिका लगायत कास्की जिल्ला भित्र रहेका सरकारी तथा सार्बजनिक जग्गाको संरक्षण र सम्बर्द्धन गर्नु प्रत्येक व्यक्तिको कर्तब्य भित्रपर्ने र ऐतिहासिक, प्राकृतिक पुरातात्विक र साँस्कृतिक सम्पदाको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो ।
हालैका दिनहरूमा साँस्कृतिक सम्पदाको संरक्षण गर्नुको साटो उल्टै अतिक्रमण गर्ने भाडा वा लिजमा दिने र लिने कार्य प्रति जिसस कास्कीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे ।

यसै सन्दर्भमानेपाल ट्रष्टको नाममा रहेको पोखराको बाराही घाटस्थित जग्गा, रत्न मन्दिर र हिमागृहको जग्गा फेवातालको सिमा मापदण्डभित्र समेत पर्ने भएकोमा नेपाल ट्रष्टले ३० बर्षे अबधी राखी लिजमा दिन गैरहेको भन्ने विभिन्न संचार माध्यममार्फत सार्बजनिक भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको हुँदा सो कार्य हुन् नदिन र ऐतिहासिक महत्वका जग्गा र सम्पदाको यथोचितसंरक्षण र ब्यबस्थापन गर्ननेपाल सरकार,प्रदेश सरकार र स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।

बैठकले जिल्ला समन्वय समिति कास्कीको पाँच बर्षे कार्यकालको गतिविधि समेटेरस्मारिका प्रकाशन गर्ने निर्णय समेत गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->