पोखरा / देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन्।
कार्तिक २९ गतेको दुर्घटनासम्बन्धी विवरणअनुसार सबैभन्दा बढी मानवीय क्षति मधेश प्रदेशमा भएको छ। त्यहाँ दुर्घटनामा ६ जनाको मृत्यु र ५९ जना घाइते भएका छन्।
त्यस्तै, कर्णाली प्रदेशमा ३ जनाको मृत्यु र ८ जना घाइते भएका छन्।काठमाडौं उपत्यकामा २ जनाको मृत्यु र १० जना घाइते भएका छन्। कोशी प्रदेशमा १ जनाको मृत्यु र ३५ जना घाइते भएका छन् भने गण्डकी प्रदेशमा १ जनाको मृत्यु र ९ जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेशमा १२ जना, लुम्बिनीमा २४ जना र बागमती प्रदेशमा २ जना घाइते भएका छन्।
दुर्घटनामा मानवीय क्षति न्यूनीकरणका लागि ट्राफिक नियमको पालना र सावधानीपूर्ण सवारी सञ्चालन आवश्यक देखिन्छ।





