मंगलबार, मंसिर १ २०८३

मंगलबार, मंसिर १ २०८३
  • १ मंसिर २०८३ , मंगलबार
  • November 17 2026

स्थानीय तहको निर्वाचनका लागि सरकारलाई आयोगले दियो चैत ५ को डेडलाइन

स्थानीय तहको निर्वाचनका लागि सरकारलाई आयोगले दियो चैत ५ को डेडलाइन

आयोगले यसअघि नै निर्वाचनमा भाग लिने दलहरुसँग परामर्श गरेर सरकारलाई सुझाव दिइ सकेको थियो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०८३, सोमबार

काठमाडौं / सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारी थालेको छ । निर्वाचन आयोगको परामर्शपछि सरकार निर्वाचनको मिति घोषणाको तयारीमा जुटेको हो ।
२०७९ वैशाखमा निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा २ महिनअघि निर्वाचन हुनुपर्ने कानूनी व्यवस्था छ ।

२०७९ जेठ ५ गतेबाट अहिलेका जनप्रतिनिधिले काम थालेको मितिलाई गणना गर्दा चैत ५ सम्म निर्वाचन गर्न सकिने गरी आयोगले राय दिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले स्थानीय तह निर्वाचनका लागि उपयुक्त मिति सरकारलाई सुझावका रुपमा दिइसकेको बताए ।

भट्टराईले भने, स्थानीय तह निर्वाचनका लागि १२० दिन (४ महिना) समय कानूनले भनेको छ । अहिलेका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा २ महिनाघि निर्वाचन गर्नुपर्ने भएकाले आयोगले चैतको मिति सुझाएको छ । अब सरकारले उपयुक्त मितिमा निर्वाचन घोषणा गर्छ ।

चैत ५ भित्र निर्वाचन गर्नका लागि सरकारले मंसिर पहिलो साता मन्त्रिपरिषद बैठकबाट मिति तोक्नुपर्ने हुन्छ । रास्वपा सभापति रवि लामिछाने फर्किसकेपछि प्रधानमन्त्रीले सल्लाह गरेर निर्वाचनको मिति तोक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->