बुधबार, मंसिर २ २०८३

बुधबार, मंसिर २ २०८३
  • २ मंसिर २०८३ , बुधबार
  • November 18 2026

उपाधि होडमा लुम्बिनी र सुदूर पश्चिम

उपाधि होडमा लुम्बिनी र सुदूर पश्चिम


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८३, बुधबार

काठमाडौं/लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी पहिलो पटक फाइनल पुगेको हो ।

अब उपाधिका लागि लुम्बिनीले शनिबार सुदूर पश्चिम रोयल्ससँग खेल्ने छ । साविक उपविजेता सुदूरपश्चिमले यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।

जितका लागि १ सय ३५ रनको समान्य लक्ष्य पछ्याएको विराटनगर १७ ओभर ५ बलमा सबै विकेट गुमाएर ९४ रनमा समेटिएको हो । पावर प्लेमा तीन विकेट गुमाएको विराटनगरका लागि साम ह्याजलेटले ३४ रन बनाए । नरेन भट्टले २१ र मर्सेन्ट डी लन्जले १७ रन जोडे ।

लुम्बिनीका तिलक भण्डारीले तीन विकेट लिए । तिलक प्लेयर अफ दि म्याच बने । टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो । लुम्बिनीका लागि डी आर्की सटले ४५, कप्तान रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २९, रुवेन ट्रुम्पलम्यानले ११ र शेर मल्लले ७ रन जोडे ।

विराटनगरका सुवास भण्डारी र प्रतिश जिसीले समान ३ विकेट लिएका थिए । सन्दीप लामिछानेले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->