बुधबार, मंसिर २ २०८३

बुधबार, मंसिर २ २०८३
  • २ मंसिर २०८३ , बुधबार
  • November 18 2026

आरयु फेस्ट आजबाट शुरु हुँदै

आरयु फेस्ट आजबाट शुरु हुँदै

महोत्सवबाट आरयु उद्यमका उत्पादन तथा नवीन अभ्यासको प्रदर्शनी, दिगो फोहोर व्यवस्थापनका उपाय, चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८३, बुधबार

पोखरा/दिगो फोहोर व्यवस्थापन, पुनःप्रयोग तथा पुनर्चक्रणमार्फतु हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित हुने आरयु फेस्ट २०२६ को तयारी पूरा भएको छ । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहकार्यमा आजबाट सुरु हुने महोत्सव बिहीबारसम्म चल्नेछ ।

पोखरा महानगरपालिकामा सञ्चालित रिसाइकल तथा अपसाइकलमार्फत् हरित रोजगारी सिर्जना परियोजना अन्तर्गत महोत्सव आयोजना गरिएको हो । महोत्सवले रिसाइकलर, अपसाइकलर, पर्यटन क्षेत्र, निजी कम्पनी तथा आम नागरिकबीच सम्बन्ध र सहकार्य विस्तार गर्ने लक्ष्य लिएको छ ।

रिसाइकल तथा अपसाइकल उद्यमलाई बजारसम्म पहुँच र वास्तविक बिक्रीका अवसर उपलब्ध गराउने उद्देश्य राखिएको नगर प्रमुख धनराज आचार्यले बताए । महोत्सवबाट आरयु उद्यमका उत्पादन तथा नवीन अभ्यासको प्रदर्शनी, दिगो फोहोर व्यवस्थापनका उपाय, चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य छ ।

कार्यक्रममार्फत् विद्यार्थीलाई सिकाइ तथा अनुभव आदानप्रदानको अवसरसमेत प्रदान गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए । पोखरामा ग्रीन भेन्चर जोन (जीभीजेड) को अवधारणालाई प्रवद्र्धन गर्दै आरयु उद्यमी तथा नवप्रवर्तक विद्यार्थीलाई लगानी र व्यवसाय विस्तारका अवसरसँग जोड्ने योजना उनले सुनाए ।

यसले चक्रीय अर्थतन्त्र तथा प्लास्टिक प्रदूषणका समाधानबारे जनस्तरमा बुझाइ बढाउनसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । परियोजनाअन्तर्गत सन् २०२५ का प्रतिबद्धताअनुसार तीन हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य तथा विस्तारित उत्पादकको दायित्वसम्बन्धी नियामकीय अनुगमन र संवादलाई समेत महत्व दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->