प्रश्न गर्छु
म को हुँ र तपाई को ?
बाटोमा हिडँ्दा गिजाउनु पर्ने !
म को हुँ र तपाई को ?
गाडीमा चढ्दा बेइजती सहनु पर्ने !
म को हुँ र तपाई को ?
घरको चार किल्लाभित्र कैदी बनी बस्नु पर्ने !
म को हुँ र तपाई को ?
हिँडिरहँदा समातेर लगी बलतक्रित हुनुपर्ने?
म !
म त्यही हुँ, निर्मला पन्त
जसको बलतकार नहुनु पर्ने !
म त्यही हुँ, निशा मगर
जसलाई हेल्मेटले हानेर नमार्नु पर्ने !
म त्यही हुँ, हरेक घरको आमा
दासी भई घरमै बस्नु पर्ने !
म त्यही हुँ साना साना बालिका
जसलाई सीमापारी नपुर्याउनु पर्ने !
म त्यही हुँ, निमुखा सोझी बालिका
जसलाई तिमीले नभगाउनु पर्ने !
म त्यही हुँ, विधुवा आमा
जसलाई न घरको न घाटको भई बाँच्नुपर्ने ?
म त्यही हुँ, वेश्या भनी
समाजबाट निस्कासीत भई दोषी बन्नुपर्ने !
म त्यही हुँ, बोक्सी भनी
समाजबाट बिहिस्कार भई जिउदै जल्नुपर्ने
म त्यही, तिम्रौ घरकी आमा, दिदी र बहिनीहुँ
म त्यही, पीडाको धारमा रेटीएकी महिलाको आवाज हुँ !
कक्षा १०
पिसजेन ऐकेडेमी
पोखरा





