बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मुस्ताङ छुसाङ पाटनमा यार्सा टिप्न गएका युवककाे लेक लागेर मृत्यु

मुस्ताङ छुसाङ पाटनमा यार्सा टिप्न गएका युवककाे लेक लागेर मृत्यु

मृत्यु हुनेमा गोर्खा धार्चे गाउँपालिका–४ घर भएका ४५ वर्षीय राजेन्द्र घले


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०७६, मंगलबार
मुस्ताङमा यार्सा टिप्दै स्थानीय ।

जोमसोम, २८ जेठ – यार्सागुम्बा टिप्न मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ लेकमा पुगेका दुई युवामध्ये एकजनाको लेक लागेर पाटनमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमा गोर्खा धार्चे गाउँपालिका–४ घर भएका ४५ वर्षीय राजेन्द्र घलेको यार्सा पाटनमा मृत्यु भएको हो । स्थानीयका अनुसार घले मुटु रोगबाट पीडित थिए ।
छुसाङ पाटनमा यार्सा टिप्न घलेसहित उनका साथी सोलुखुम्बु बुङ्गर–६ बस्ने ३२ वर्षीय सुमन राई जोमसोमबाट एक साताअघि यार्सा पाटन प्रस्थान गरेका थिए । उनीहरु छुसाङ गाउँबाट पूरै दुई दिन ठाडो उकालो उक्लेर पाटन पुगेका थिए । जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली र मृतक घलेका आफन्तले यार्सा पाटनमै पुगेर लाश जोमसोम ल्याइ सनाखत गरेको प्रहरीले जनाएको छ । मुस्ताङका करिव आधा दर्जन यार्सा पाटनमा स्थानीय र जिल्ला बाहिरका सर्वसाधारणको पनि भीड लागेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->