बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सानो छ खेत, सानो छ बारी,सानै छ जहान

सानो छ खेत, सानो छ बारी,सानै छ जहान


  • Dhorpatan News
  • असार १५ २०७६, आइतबार

सानो छ खेत, सानो छ बारी, सानै छ जहान
नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।।

बिहानपख झुल्किन्छ घाम देउराली पाखामा
असारे गीत घन्किछ अनि सुरिलो भाकामा ।।

काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्न गर्नु नै पर्ने उकाली ओराली ।।

छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला ।।

भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी ।।

गालामा साना पसिना दाना मोतीझैं खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी ।।

सुसेली हाली बयली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा ।।

सुनौला बाला झुलेर होला भुइँलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?

हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर ।।

महाकवि लक्ष्मी प्रसाद देवकोटा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->