समाजमा प्रतिष्ठा नभएको नामले के गर्छ
बदनाम भएरै दिने बेतुक शानले के गर्छ ?
अंश माग्यो नदिदा उस्ले बाउलाइ कुट्यो
समाजको भार त्यस्तो हरामले के गर्छ ?
जनताकै लागि उ हाँसीहाँसी शहिद भयो
बेहाल छ घरमा उस्को बलिदानले के गर्छ ?
थाङ्नामा सुताएर सपनाको खेती गर्यो
जनताकै सपना हर्ने पहिचानले के गर्छ ?
महँगि बढेको बढ्यै छ झर्नेको नामै लिन्न
गरीब भोकै सुत्छ सरकारी दामले के गर्छ ?
हैसियत -४, मा आवद्ध एउटा गजल





