बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मनाङमा जहाज ! असोज १० बाट नियमित उडान

मनाङमा जहाज ! असोज १० बाट नियमित उडान


  • Dhorpatan News
  • भाद्र २७ २०७६, शुक्रबार

मनाङ, २७ भदौ – हिमालपारीको जिल्ला मनाङमा जहाज पुगेको छ ।  हुम्डे विमानस्थलको पक्की धावनमार्ग बनेको झण्डै पाँच वर्षपछि शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङ गुरुङ, प्रमुख सचिव हरिप्रसाद बस्याल, प्रदेश प्रहरी प्रमुख डिआइजी बिनोद शर्मा घिमिरेलगायत १५ यात्रु पोखरा विमानस्थलबाट हुम्डे पुगेका थिए ।

विमानस्थलमा अबतरणपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङको पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । आन्तरिक पर्यटक, कर्मचारी र जनप्रतिनिधिमात्रै आए पनि जहाज उडान नियमित हुने उनको भनाइ थियो । उडान नियमित गराउन सुरुका दिनमा प्रदेश सरकारले अनुदानसमेत दिन तयार रहेको उनले बताए ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नियमित उडानकालागि शुक्रबार परीक्षण गरिएको बताउदै अन्तराष्ट्रिय पर्यटन दिवसको दिन असोज १० बाट नियमित उडानको तयारी गरिएको जानकारी दिए । हवाई उडानसँगै पर्यटनसँगको सहकार्यमा मनै छुने मनाङ प्याकेज पनि बनाउन लागिएको उनको भनाइ थियो ।

गण्डकी प्रदेश सरकारको समन्वयमा समिट एयरले पहिलो उडान भरेको नागरिक उड्यन प्राधिकरण पोखरा शाखा प्रमुख भोला गुरागाईले जानकारी दिए।५ वर्षअघि ६ सय मिटरको कच्ची विमानस्थल ९ सय मिटर लम्बाइ र २० मिटर चौडाइमा पिच गरी विस्तार गरिएको भएपनि उडान हुन सकेको थिएन । त्यसअघि ट्विनअटर विमानले मात्रै उडान भर्दै आएको थियो । सन् २०१४ सेप्टेम्बरमा जर्मनीमा निर्मित तारा एयरको डोर्नियर डो–२२८ एयरक्राफ्टले सफल परीक्षण उडान गरेको थियो । तर नियमित उडान भर्न सकेन । उक्त विमानस्थल समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा छ । विसं २०३९ असोजबाट निगमले पोखरा–मनाङ–पोखरा उडान भर्न सुरु गरेको थियो । नियमति विमानस्थल सञ्चालनमा आए विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकको उपस्थिति बढ्ने अनुमान गरिएको छ ।
पोखराबाट देका सातै प्रदेशमा नियमित उडानका लागि सम्भावना देखिएकाले नागरिक उड्डयन प्राधिकरणसँग अनुमति समेत लिइसकिएको मन्त्रीको लम्सालको दावी छ । विस्तृत अध्ययन गरेर सबै प्रदेशका मुख्य सहरमा पोखराको सिधा हवाई सम्पर्क स्थापित गराउन मन्त्रालयले काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->