बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कविता : दशैं

कविता : दशैं


  • दुर्गालाल तिवारी
  • असोज १८ २०७६, शनिबार

लमलम लम्किदै आयो दशैं वरवर
मनाउन दशैंजनहरु हिडे बसमा सरसर
छन् फुर्ति कोहि चढेर हिड्न छन आफ्नै निजि कार
मध्यम वर्ग पर्खेर बस उठाएका छन् भार ।

गरिव बरै टिकालाई अक्षता गर्दै छन् व्यवस्था
एक छाक मीठो मसिनो खान बनाउदै अवस्था
गाडि हिड्ने बाटो पैदल हिड्दै बालबच्चा सम्झेर
बहाउदै पसिना बोकेर भारी मनाउन दशैंलाई ।

कोहि भने सुटबुट सिलाउदै नयाँ गहना किन्दै छन्
हिमालपारीका चेलु र च्याङ्ग्रा घरमै गिड्दै छन्
दिनलाई दक्षिणा नोठ नयाँ साटि तयारी गरेर
मनाउछन् दशैं मनपरि खर्च तामझाम गरेर ।

गरिवले भने एक दर्जन केरा दर्शैको खजना
एक छाक मीठो मसिनो खान राखेर चाहना
कहिले होला वर्गको अन्त्य मानिसको खुशी दिन
धनी र गरिव खाडल गैरो पर्दैछ झन झन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->