शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

जोखिम यात्रा !

जोखिम यात्रा !


  • अमृत घर्ती मगर
  • असोज १९ २०७६, आइतबार

कठिन छ
जोखिम पनि,
कठिन छ तर भविष्य छ ।
लामो छ तर खुला
साँगुरो छ तर विकल्प छ ।
शाहस गर्नै पर्छ
लक्ष्यसम्म पुग्न ।

लक्ष्य फेरिए,
गन्तव्य छोडे,
अझै जोखिम हुन्छ
यात्रा ।
जुन लक्ष्य लिएका थियौँ,
त्यतै पाईला चालेनौ भने,
त्यहाँ पुग्ने वाचा गरेनौ भने,
त्यहिँ छिद्र परेको हुन्छ
त्यहीँ भँगालो पस्छ ।
अनि भाँजो हालिन्छ
त्यसैले
असफल हुनपुग्छ
यात्रा ।

हामी सोचेको हौँला,
खतरा मोड तोडेका छौँ,
दुर्घटनादेखि बचेका छौँ,
सयौँ मोड पार गर्नु पर्नेछ,
कतै बुझेको छैनौँ भने
आत्मघात हुनेछ,
हजारौं घुम्टि आउनेछ,
कतै बुझ पचाएका छौ भने,
दुर्घटनाको कारक त्यहीँ हुनेछ ।

हजारौं शहीदका रगतको
खर खजनाले खनेको बाटो,
लाखौं घाईतेका पीडाले
सजिएको मार्ग
हजारौं वेपत्ताका चित्कारले
खबरदारी गरिरहेको विषय हो ।
लाखौं जनताको
रगत र पसिनाले
उर्लिएको जनसागरले,
सफाचट पारेको
भनिएको सुमार्गमा
षडयन्त्रमा बल्झिन पुग्ने
‘फू’ गरे ढल्न सक्ने
त्यस्तो नहोस ।
जसले सिङ्गो देशको
अभिभारा लिएको छ
सारा जनताको जिम्मा पाएको छ
जोखिम छ
ओजिलो छ यात्रा ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->