नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) कास्कीका सह–इन्चार्ज हुन्, श्रीनाथ बराल । पार्टीको केन्द्रीय सदस्य तथा किसान महासंघका स्थायी कमिटीका सदस्य पनि हुन्, उनी । एमाले र माओवादी केन्द्रको एकतालाइ तल्लो तहसम्म नै पूर्णता दिने काममा खटिएका बरालले अहिलेसम्म के कस्ता कामहरु सम्पादन गरे ? पार्टी र संगठनको अवस्था कस्तो छ ? समस्या के छन् ? पछिल्लो समय दुई तिहाईसहितको सरकारको किन आलोचना बढेको छ अनि कास्की क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनबारे नेकपाको धारणा के छ भन्नेबारे उनीसँग हामीले लामो कुराकानी गरेका थियौँ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ।





