पोखरा / नेपाली काँग्रेस संस्थापन पक्षले देउवा समुहतिर लागेका गण्डकीका अर्थमन्त्री जित बहादुर शेरचनसहित ४२ जना सांसदलाई कारवाही गर्ने तयारी गरेको छ ।
पार्टीको नियमित महाधिवेशनको पक्षमा लागेका संघिय र प्रदेश सांसद गरी ४२ जना सांसदलाई काँग्रेसले स्पष्टीकरण सोध्ने र कारवाही गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । गण्डकीमा शेरचनसहित सरस्वती गुरूङ र दीपेन्द्रबहादुर थापा ३ जना सांसद देउवा पक्षमा खुलेर लागेका छन् ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म गर्ने महाधिवेशनमा सक्रिय रहने राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिलाई बहालवाला पदबाट हटाउने चेतावनी सभापति गगन थापाले मंगलबारको बैठकमा दिइसकेका छन् ।
जारी केन्द्रीय समिति बैठकले अनुशासन समिति गठन गर्ने र देउवा पक्षमा खुलेका जनप्रतिनिधिलाई स्पष्टीकरण सोध्ने तयारी गरेको हो। स्पष्टीकरण चित्तबुझ्दो नभए उनीहरूलाई पदबाट हटाउन सम्बन्धित निकायमा परिपत्र गर्ने तयारीमा कांग्रेस छ।
कांग्रेसले असोज १८ देखि २३ गतेसम्म १५ औँ केन्द्रीय महाधिवेशन गरिसकेको र अब एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने भन्दै सभापति थापाले ‘नयाँ पार्टी’मा लाग्नेहरूलाई बहालवाला पदबाट राजीनामा दिन भनेका हुन्।
प्रतिनिधि सभामा देउवा पक्षमा खुलेका सांसद:
- हरिनादेवी कामी
- सुशीला ढकाल आचार्य
- निनुकुमारी कर्ण
- रीना उप्रेती
राष्ट्रिय सभामा देउवा पक्षमा खुलेका सांसद:
- कृष्णप्रसाद सिटौला
- आनन्दप्रसाद ढुंगाना
- जितजंग बस्नेत
- कृष्णप्रसाद पौडेल
- खम्मबहादुर खाती
- जगत तिमिल्सिना
- नारायणदत्त भट्ट
- विष्णुदेवी पुडासैनी
- चन्द्र केसी
गण्डकी प्रदेश सभामा देउवा पक्षमा खुलेका सांसद:
- जितबहादुर शेरचन
- सरस्वती गुरूङ
- दीपेन्द्रबहादुर थापा
कोशी प्रदेश सभामा देउवा पक्षमा खुलेका सांसद :
- केदार कार्की
- भूपेन्द्र राई
- रामकुमार खत्री
- ईन्दिरा थापा
- सुनिता गच्छदार
- खगेश्वरी पौड्याल
बागमती प्रदेश सभामा देउवा पक्षमा खुलेका सांसद:
- विमल ठकुरी
- दीपेन्द्र श्रेष्ठ
- श्यामबहादुर खड्का
- गोविन्द लम्साल
- विनु रायमाझी
- माया श्रेष्ठ
- कञ्चनचन्द्र वादे
- मसिना खड्का
- उर्मिला नेपाल
लुम्बिनी प्रदेश सभामा देउवा पक्षमा खुलेका सांसद:
- सरोज थापा (रोज राणा)
- माया पुन
सुदूरपश्चिम प्रदेश सभामा देउवा पक्षमा खुलेका सांसद:
- कमलबहादुर शाह
- मेघराज खड्का
- विक्रमसिंह धामी
- सरस्वती खड्का
- गीता चौधरी
- प्रकाशबहादुर बम
- डम्मरी महरा
- शिवराज भट्ट
- मधुदेवी भारती





