बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३
  • ९ मंसिर २०८३ , बुधबार
  • November 25 2026

न्वागी मनाउँदै पौंदेली

न्वागी मनाउँदै पौंदेली

बागलुङ पश्चिमका पौंदेलीले यही ६ गते बिहान ९ः३२ मा न्वागी खाए, न्वागी मेला भने जारी छ ।


  • अनिष पाठक
  • मंसिर ९ २०८३, बुधबार

बागलुङ (खर्वाङ)/बागलुङ पश्चिमको पौंदी क्षेत्रका खेतमा धान झुलेसँगै न्वागीको रौनक सुरु हुन्छ । मंसिर महिनामा यहाँ पौंदेलीले न्वागी खाने चलन छ । धान पाक्ने र काट्ने समय मंसिरमा स्थानीय जर्डन प्रजातिको धानलाई दहीमा भिजाई, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खाने गरिन्छ ।

यस क्षेत्रमा न्वागी खाने चलन भने१७३४ कोपुर्खाको योगदान, सहयोगी भवना र स्थानीयको खुसीसँग जोडिएको छ । १२ औं शताब्दीमा स्थापित खस राज्य१५ औं शताब्दीतिर टुक्रिन पुग्यो । त्यसबाट बनेका बाइसी र चौबिसी राज्यमध्ये इस्मा र मुसिकोटमा बागलुङका दगातुम्डाँडा, जलजला, पाण्डवखानीका केही भाग र गुल्मीको इजरा क्षेत्रमा परे । दगाकाकेही क्षेत्र मुसिकोटको मौजासमेत रहेको बताइन्छ ।

सोही इतिहाससँग जोडिएको पौंदीमा बागलुङकासाविक जलजला, ग्वालिचौर र गुल्मीको पौंदीअमराई गाविस पर्छन् । यस क्षेत्रमा मगरको उल्लेख्य बस्ती छ । उनीहरुकै खाम भाषामा ‘पोम’ भनेको हिमालय वा उच्च टाकुरा र डि भनेको पानी हो ।

अर्थात् उच्च टाकुराबाट बग्ने नदी भन्ने अर्थमा सो क्षेत्रलाई पौडी भनिएकोमा पछि अपभ्रंश भएर पौंदी बन्न गएको बडिगाड ५ का कृष्णबहादुर घिमिरे बताउँछन् । ‘रुद्रतालबाट बगेको बडिगाड खोला र मदाने लेकबाट बगेको निस्ती खोलाकातटीय क्षेत्रलाई पौंदी क्षेत्र मानिएको इतिहास छ,’ घिमिरेले भने ।

पौंदीबासीले १७३४ सालदेखि न्वागी पर्व मनाउँदै आएका छन् । खेत भएकाले खेत नभएकालाई र आफ्ना आफन्त, इष्टमित्रलाई पनि बोलाई न्वागी खुवाउने प्रचलन यस क्षेत्रमा छ । यसवर्षको न्वागी खाने दिन मंसिर ६ गते परेको थियो ।

मध्यकालमाजुम्ला राज्यएकसमय ईस्मा राज्यको सिमाना साविकको ग्वालिचौर गाविसको दारेगौंडासम्म आईपुगेको थियो । तर उक्त राज्य विस्तारको योजना गलकोट र पर्वत राज्यको सहयोगमा इस्मा राज्यले जुम्लाको विस्तार अभियानलाई रोकेको हुनाले पौंदी मौजा राजनीतिक महत्वको रहेकोे र यसै खुसियालीमा न्वागी पर्व मनाउन थालिएको अर्का स्थानीय गुणानिधि घिमिरेको भनाइ छ ।

उनी भन्छन्, ‘बागलुङको ग्वालीचौर, गुल्मीको अरेवा, अमराई लगायत पौंदीबासीको खेतमा धान पाकेपछि कात्तिकको पहिलो हप्ता मुसिकोटको छत्रकोटका पुजारी, स्थानीय र जनप्रतिनिधिको रोहबरमा मुठी लिने (धान काट्ने) र न्वागी खाने मिति हेराउने चलन छ ।’

यस वर्षको मुठी लिने (धान काट्ने) दिन भने कात्तिक ११ गते परेको थियो । तर कुन, कुन दिशा फर्केर कुन समयमा न्वागी खानेभनी मंसिर महिना लागेपछि मात्र तोक्ने चलन छ ।

‘न्वागी घर घरमा होमन गरेपछि थानपति, छत्रभूमि, सिद्धका नाममा देवतालाई चढाई मंसिरको पहिलो हप्ताभित्र खाने चलन छ,’ उनले भने ।यस पटक पनि पौंदेलीले शुभ साइतमै मंसिर ६ गते बिहान ९ः ३२ मा न्वागी खाएका थिए । न्वागी खाने दिन सोरठी, भैलो तथा स्थानीय उत्पादन विनियम गर्ने चलन थियो । अहिले त्यो पर्वले बागलुङ तथा गण्डकी प्रदेशकै ठूलो मेलाको पहिचान बनाएको छ ।

मंसिर ६ बाट न्वागी मेला
न्वागीको अवसरमा बडिगाड गाउँपालिकाको खार बजारमा हुने न्वागी मेला यस पटकमंसिर ६ गतेदेखिसुुरु भएको छ । ६०को दशकदेखि न्वागी मेलापौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिले गर्दै आएको छ ।१२ गतेसम्म हुने मेलासोमबार गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी सुरुआत गरिन् ।

उनले मेला, पर्वले स्थनीय पर्यटन विकासमा पनि सहयोग पुग्ने बताउँदै अधिकारीले सभ्य समाज बनाउनु सबैको दायित्व भएको जनाइन् । जिल्ला खेलकुद विकास समिति बागलुङका पूर्वअध्यक्ष सुनील शेरचनले मौलिक मेला, पर्वको संरक्षणमा सबैले हातेमालो जरुरी भएको विचार राखे ।

मेलामा यस वर्ष देशकै सर्वाधिक राशिको खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै छ । यसका विजेताले २ लाख १ हजार १११ र उपविजेताले १ लाख १ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने भलिबल खेल संयोजक काजिमान गौचनले बताए ।

तेस्रो समूहले ५१ हजार १११ पाउनेछ ।मेलामा लोक भजन, सोरठी, भैलो, सराय नाचसँगै विभिन्न प्रतियोगितासमेतहुने समितिका सचिव विष्णुप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->