मंगलबार, मंसिर ८ २०८३

मंगलबार, मंसिर ८ २०८३
  • ८ मंसिर २०८३ , मंगलबार
  • November 24 2026

बालबालिकालाई न्यानो कपडा बितरण

बालबालिकालाई न्यानो कपडा बितरण


  • ढाेरपाटन संवाददाता
  • मंसिर ८ २०८३, मंगलबार

बागलुङ/अमर क्षेत्री फाउण्डेसनले बागलुङको रामरेखा आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।

काठमाण्डौंको बालुवाटार घर भै अमेरिका बस्दै आएका अमर क्षेत्रीले बाबु स्व. सुरेन्द्रनाथ अधिकारीको स्मृतिमा स्थापना गरेको यो फाउण्डेसनबाट हरेक वर्ष बालबालिका, अपांगता र दलीत समुदायमा सहयोग गर्दै आएको छ । मंगलबार एक कार्यक्रमका बीच फाउण्डेसनको सहयोगमा १८ जना बालबालिकालाई न्यानो कपडा दिइएको हो ।

फाउण्डेसनकी बागलुङ प्रतिनिधि सरस्वती हरिजनले अपांगता भएका बालबालिका, दलीत र माझी बालबालिकालाई ती सामाग्री हस्तान्तरण गरिन् । साथै उनले यो सहयोगले बालबालिकालाई पढाइमा हौसला थप्ने र जाडो मौषममा बिपन्न परिवारले न्यानो कपडा किनीदिन नसक्दा आउने समस्या समाधानमा सहयोग पु¥याएको बताइन् ।

यसअघि फाउण्डेसनले बालबालिकालाई शैक्षिक सामाग्री, खाद्यान्न र अन्य अत्यावस्यक सामाग्री सहयोग गरेको छ । त्यस्तै फाउण्डेसनले बाढीपहिरो पीडित, अपांगता भएको कारण पढाइमा समस्या भएकाहरुलाई पटक पटक सहयोग दिंदै आएको छ । दशकदेखि यस्तो सहयोग जिल्लाका विभिन्न स्थानमा दिंदै आइएको हरिजनले जानकारी गराइन् ।

सामाग्री वितरण कार्यक्रम रामरेखा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमित्रा शर्माको अध्यक्षता, शिक्षक विष्णुराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो विद्यालयमा अति विपन्न बालबालिका अध्ययन गर्ने भएकोले यस्तो सहयोगले राहत मिलेको प्रधानाध्यापक सिर्जना शर्माले बताइन् । यो विद्यालयमा शारिरीक अपांगता भएका बालबालिका पढ्छन् । उनीहरुका लागि छात्रावासको पनि व्यवस्थापन छ । तर बालबालिकाको खानपिनलगायतको व्यवस्थापनमा सरकारी सेवा सुविधाले मात्र नपुग्दा विभिन्न क्षेत्रको सहयोग समेत जुटाउनु परेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->