मंगलबार, मंसिर ८ २०८३

मंगलबार, मंसिर ८ २०८३
  • ८ मंसिर २०८३ , मंगलबार
  • November 24 2026

भारतको अयोध्याबाट हिँडेको रेल जनकपुरधाममा

भारतको अयोध्याबाट हिँडेको रेल जनकपुरधाममा


  • Dhorpatan News
  • मंसिर ८ २०८३, मंगलबार

जनकपुरधाम भारतको अयोध्याबाट प्रस्थान गरेको सरयुग–कमला एक्सप्रेस रेल जनकपुरधाम आइपुगेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्ली स्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा हरियो झन्डा देखाएर उद्घाटन गरेपछि अयोध्याबाट गुडेको रेल मङ्गलबार बिहान ९ः४० बजे जनकपुरधाम आइपुगेको हो ।

रेलमा भारतीय पक्षबाट आमन्त्रण गरिएका विशिष्ट व्यक्ति तथा भारतीय रेलवेका अधिकारीसहित विभिन्न क्षेत्रका करिब एक हजार एक सय अएका छन् । उनीहरूलाई युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास लगायतले स्वागत गरेका छन् ।

जनकपुरधाम रेलवे स्टेसन परिसरमा विशेष स्वागत कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले अतिथिहरुलाई जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर लगायतका स्थलको भ्रमण गराइने बताए ।

रेल जनकपुरधाम रेलवे स्टेसनमा करिब तीन घण्टा रोकिनेछ । त्यसपछि अतिथिसहितको रेल १२ः४० बजे भारतको अयोध्याका लागि प्रस्थान गर्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->