मंगलबार, मंसिर ८ २०८३

मंगलबार, मंसिर ८ २०८३
  • ८ मंसिर २०८३ , मंगलबार
  • November 24 2026

प्रतिभामा गायन र नृत्य

प्रतिभामा गायन र नृत्य


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८३, मंगलबार

पोखरा/विद्यार्थीमा रहेको नृत्य र गायन कला प्रस्फुटन गराउने उद्देश्यले प्रतिभा माविमा प्रतिभा स्टार एकल गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ । ‘प्रतिभा स्टार–२०८३’ अन्तर्गतको यो पहिलो कार्यक्रम हो ।

कार्यक्रममा विद्यार्थीले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यार्थीमा लुकेको कलालाई बाहिर ल्याउनका कार्यक्रम गरिएको बताए । ‘विद्यार्थीमा फरक फरक क्षमता रहन्छ । त्यो क्षमता अवसर नपाउँदा देखाउन नपाउने हुन सक्छ । विद्यार्थीले विद्यार्थीभित्र लुकेको गाउने र नाच्ने क्षमतालाई उजागर गर्न प्रतियोगिता आयोजना गरेका हौं,’ उनले भने ।

प्राचार्य किरण सापकोटाले पनि विद्यार्थीमा फरक फरक क्षमता हुने भएकाले उक्त क्षमतालाई उजागर गर्न जरुरी रहेको बताए । दुवै विधामा १६–१६ जनाले स्पर्धा गरेका थिए । विद्यालयका निर्देशक राकेश जोशीले पहिलो चरणमा गायनतर्फ ७ र नृत्यमा ५ जना छानिएको जानकारी दिए ।

गायनतर्फ कक्षा ११ डी म्यानेजमेन्टका काव्या बराल विश्वकर्मा प्रथम, कक्षा ११ बी म्यानेजमेन्टका कृष्ण गुरुङ द्वितीय र कक्षा १२ एफ म्यानेजमेन्टका सुलभकुमार भण्डारी तृतीय भए । नृत्य विधातर्फ कक्षा ११ डी म्यानेजमेन्टकी अनुष्का गुरुङ प्रथम, कक्षा १२ डी विज्ञानकी प्रिन्सा गुरुङ द्वितीय र कक्षा ११ ए साइन्सकी ग्लोरी राना तृतीय ठहरिए ।

दुवै विधाका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद र ट्रफी प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->