पोखरा/कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशनले शिवलाल मल्लको अध्यक्षतामा नयाँ क्याम्पस सञ्चालक समिति चुनेको छ ।
नवनिर्वाचित क्याम्पस सञ्चालक समितिका सदस्यहरूमा कृष्णमोहन श्रेष्ठ, राजेन्द्र लालचन, डम्बरकुमारी गुरुङ र कल्याण कर्माचार्य छन् । निर्वाचन समिति संयोजक प्रा डा कृष्णराज अधिकारीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
सभामा क्याम्पस प्रमुख सुरेश कुमार मानन्धरले २०८२÷८३ को बार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले २०८३÷०८४ को बजेट सर्वसम्मत पारित गरेको छ ।
साधारण सभामा छात्र कल्याण समिति संयोजक अनु रोका, सभासद ध्रुव केसी, कन्या क्याम्पस प्राध्यापक संघ सभापति दिननाथ अधिकारी, पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदास, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, सहायक क्याम्पस प्रमुख चित्रबहादर श्रेष्ठ लगायतले बोलेका थिए ।
समारोहमा आजीवन सदस्यता लिएका ६ जनालाई प्रमाणपत्र वितरण गरियो ।





