सोमबार, मंसिर ७ २०८३

सोमबार, मंसिर ७ २०८३
  • ७ मंसिर २०८३ , सोमबार
  • November 23 2026

बुर्तिबाङ अस्पतालमा उच्च जोखिमको प्रसूति शल्यक्रिया सफल, पाँच किलोको शिशु जन्माइयो

बुर्तिबाङ अस्पतालमा उच्च जोखिमको प्रसूति शल्यक्रिया सफल, पाँच किलोको शिशु जन्माइयो

ठुलो शिशु र गर्भमा पानी बढी भएको अवस्थालाई उच्च जोखिमपूर्ण प्रसूति मानिने भएकाले चिकित्सकले शल्यक्रियामार्फत प्रसूति गराएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८३, सोमबार
बुर्तिबाङ प्रदेश अस्पतालमा पाँच किलो तौलको शिशु जन्माउन आपतकालीन शल्यक्रिया गरिंदै । तस्वीरः झम सिर्पाली

बागलुङ / बागलुङको बुर्तिबाङ प्रदेश अस्पतालमा पाँच किलो तौलको शिशु जन्माउन उच्च जोखिममा रहेकी महिलाको आपतकालीन शल्यक्रिया सफल भएको छ ।

पाँचौँ गर्भ रहेकी महिलामा गर्भको शिशु ठुलो हुनुका साथै गर्भमा पानीको मात्रा बढी (पोलिहाइड्राम्नियोस) देखिएपछि चिकित्सकको टोलीले आपतकालीन सिजेरियन सेक्सन शल्यक्रिया गरेको हो ।

ठुलो शिशु र गर्भमा पानी बढी भएको अवस्थालाई उच्च जोखिमपूर्ण प्रसूति मानिने भएकाले चिकित्सकले आवश्यक सल्लाहपछि शल्यक्रियामार्फत प्रसूति गराएका हुन् ।

शल्यक्रियाको टीममा सर्जन डा. सूरज नेपाली र सहायक सर्जन डा. सुन्दर बेकुजु संलग्न थिए । शल्यक्रिर्यामा सहायक नर्स दिना सिर्पाली, एनेस्थेसियामा विकास र कृपा तथा राउण्ड नर्स पार्वती अर्यालको टीम थियो ।

बुर्तिबाङ प्रदेश अस्पतालमा जटिल तथा उच्च जोखिमका प्रसूति अवस्थाको उपचार र शल्यक्रिया सेवा सञ्चालनले ग्रामीण क्षेत्रका महिलालाई स्थानीयस्तरमै स्वास्थ्य सेवा प्राप्त गर्न सहज बनाएको अस्पतालका नि. प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. विज्ञान लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->