स्याङ्जा/स्याङ्जाको फेदीखोला गाउँपालिका शिक्षा क्षेत्रमा गण्डकी प्रदेशमै उत्कृष्ट भएको छ ।
फेदीखोला शिक्षा क्षेत्रमा कार्यसम्पादनमा गण्डकी प्रदेशका ८५ पालिकामा उत्कृष्ट गाउँपालिकाका रूपमासम्मानित भएको हो । प्रधानाध्यापक सङ्घ नेपालद्वारा जनकपुरधाममा आयोजित तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ का अवसरमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरे ।
शैक्षिक नेतृत्व, गुणस्तर सुधार, नवप्रवर्तन, संस्थागत विकास र परिणाममुखी कार्यसम्पादनका आधारमा फेदीखोलाले यो सम्मान प्राप्त गरेको हो । फेदीखोलाले माध्यमिक स्कुलमा एक विद्यालय एक, आइटी शिक्षक, एक शिक्षक, एक ल्यापटप व्यवस्था गरेको छ ।
यहाँका सबै शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको छ भने विद्यालय कर्मचारी तथा बालविकास कर्मचारीलाई पालिकाले न्यूनतम सुविधा दिएको छ ।





