पोखरा/विन्ध्यवासिनी क्याम्पस, बाटुलेचौरको अध्यक्षमा शोभामोहन पौडेल चयन भएका छन् ।
क्याम्पस सञ्चालक समितिको शनिबार भएको अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध भएको हो । समिति सदस्यमा नरनाथ भट्टराई, विनोद अधिकारी, हरिबहादुर बरुवाल, उषा बरुवाल, मीनबहादुर गुरुङ, मोहनकुमार सुनार, बलबहादुर श्रेष्ठ, प्रकाश तिमिल्सिना, टेकनाथ आचार्य र विष्णु नेपाली छन् ।
समितिको कार्यकाल ३ वर्ष छ । अधिवक्ता शालिकराम भट्टराई अध्यक्ष र रुद्रबहादुर थापा, अग्निधर शर्मा, हिमलाल आचार्य र रुद्रनाथ देवकोटा सदस्य रहेको निर्वाचन समितिले नयाँ समिति चयनका लागि सहजीकरण गरेको हो । कार्यक्रममा संस्थापक क्याम्पस प्रमुख नरहरि भट्टराईले सामुदायिक क्याम्पस जोगाउन सरोकारवाला सबैको ध्यान जानुपर्ने जनाए ।
कार्यक्रममा क्याम्पस प्रमुख सुमनकेशव पराजुलीले क्याम्पसका गतिविधि, आर्थिक विवरण र कार्ययोजनाबारे प्रष्ट्याए । क्याम्पस सञ्चालक समिति अध्यक्ष दानबहादुर बानियाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका सभा सदस्य शोभामोहन पौडेल, विन्ध्यवासिनी माविका सहायक प्रधानाध्यापक शिवप्रसाद सापकोटा, सदस्यद्वय मोहन सुनार र दुर्गा केसी थापा र क्याम्पसका लेखापाल भीमबहादुर गायकले बोलेका थिए ।





