पोखरा/नेपाली कम्युनिस्ट पार्टी कास्कीको जिल्ला इन्चार्जमा पार्टी केन्द्रीय समिति सदस्य रामजीप्रसाद बराल ‘जीवन’ नियुक्त भएका छन् ।
पार्टीको केन्द्रीय कार्यालयले सोमबारपरिपत्र जारी गर्दै बराललाई कास्की जिल्ला समितिको इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो । यसअघि कास्की जिल्ला समितिको सह–इन्चार्जको जिम्मेवारी निर्वाह गर्दै आएका बराललाई गण्डकी प्रदेश कार्यालयको बैठकको निर्णयअनुसार प्राप्त सिफारिसका आधारमा नयाँ जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ ।
केन्द्रीय कार्यालयका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा हस्ताक्षरित पत्रमा उक्त निर्णय कार्यान्वयन गर्न तथा गराउन निर्देशनसमेत दिइएको छ ।





