शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३
  • ५ मंसिर २०८३ , शनिबार
  • November 21 2026

देउवा समूहको बागलुङ सभापतिमा छन्त्याल

देउवा समूहको बागलुङ सभापतिमा छन्त्याल


  • ढाेरपाटन संवाददाता
  • मंसिर ५ २०८३, शनिबार

बागलुङ/देउवा समूह नेपाली कांग्रेसको शुक्रबार भएको जिल्ला अधिवेसनले सागर छन्त्याललाई सभापति चयन गरेको छ । शुक्रबार राती भएको बन्दसत्रमा छन्त्याल निर्विरोध सभापति चयन भएका हुन् ।

कांग्रेसका निर्वतमान सभापति जितबहादुर शेरचन सिटौला पक्षका थिए । गण्डकी प्रदेशसभामा उनी आर्थिक मामिला मन्त्री समेत छन् । शेरचनले गत असोजको कांग्रेस महाधिवेसनका लागि प्रकृया अगाडि बढाउन अनिच्छा देखाएपछि केन्द्रीय समितिले उपसभापति तारानाथ पौडेललाई कार्यवहाक दिएको थियो ।

त्यसलगत्तै शेरचनले देउवा समूहको अधिवेसन गर्न अर्का उपसभापति छन्त्याललाई संयोजक बनाएका थिए । उनै छन्त्याल शुक्रबार निर्विरोध सभापति भएका हुन् । सभापतिको आकांक्षी रहेका अन्य उमेदवार एकाएक पछि हटेका थिए ।

उपसभापतिमा महेन्द्र आचार्य र शैलेश घर्ती तथा सचिवमा हरिबहादुर जिसी ‘सन्तोष’ र धर्म घर्ती चयन भएका छन् । सहसचिवमा ढालेन्द्र गौतम र मिलन केसी चयन भए ।

क्षेत्रीय अधिवेसनमा महिला, दलीत, युवा समूहबाट महाधिवेसन प्रतिनिधि छनौट गरेको यो समूहले जिल्लामा भने महिलारहित पदाधिकारी बनाएको छ । पार्टीले अन्य सदस्यहरुको भने नाम सार्वजनिक गरेको छैन ।

अधिवेसन उद्घाटन गर्न पुर्व सभापति शेरबहादुर देउवा आएका थिए । उनले जीवनको उत्तरँर्धमा जीवन लोकतन्त्रका लागि समर्पित गर्ने बताए । अन्यत्र अदालतप्रति र पार्टी सभापति गगन थापाप्रति आक्रोसित हुने गरेकोमा शुक्रबारको कार्यक्रममा भने अदालतले न्याय दिने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->