बागलुङ/विपद्मा गरिने खोजी एवं उद्धारबारे आम नागरिकलाई एकैपटक थाहा दिन कठिन हुन्छ । एकादशीको मेलामा सयौंको उपस्थिति हुने कालीगण्डकी किनारको निरयघाटमा सशस्त्र प्रहरीले यो कठिनाइ चिर्न उद्धार अभ्यास गरेको छ ।
गत असोज ११ गतेको बाढीले कालीगण्डकी नदी किनारका बस्तीमा ठूलो क्षति ग¥यो । झोलुंगे पुल बगे, स्थानीयकाखेतबारी बगरमा परिणत भए ।नदी किनारमा जोखिम मोलेर बस्दा यस्तो क्षति बढी भएको हो ।
नदी किनारका ढोडेनी, लस्ती, निरयघाट, मालढुंगा, कालाखोला जस्ता स्थानमा करोडौंको क्षति भयो । उक्त घटनापछि अझै ती बस्तीको पुनस्थापना भइसकेको छैन । आगामी दिनमा पनि फेरि जोखिम आउन सक्ने भएकाले नियरघाटमा फूलको तोरण तार्ने काममा पनि सशष्त्रले साथ दिएको हो ।

यसअघि नदीमा पौडेर डोरी लैजाने र फूल तार्ने गरिन्थ्यो । अहिले भने सशस्त्रले डुंगामार्फत् फूल तार्न सघायो । नदी किनारमा आउने जोखिम न्यूनीकरण गर्ने अभियानसँगै विपद्मा उद्दार गर्ने प्रविधिबारे पनि सशस्त्रले नमूना अभ्यासमार्फत् नागरिकलाई सचेत बनाएको छ ।
हरिबोधिनी एकादशीकादिन कालीगण्डकी नदीमा तोरण तार्ने भक्तजन र स्थानीयको बाक्लो उपस्थिति थियो । सो अवसरमा सशस्त्र नदीमा डोरी तार्न सहयोग त ग¥यो नै उद्धार गर्ने, नदी पार गर्ने तरिका पनि सिकायो ।
गत भदौमा नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था महासंघ र बागलुङ उद्योग बाणिज्य संघमार्फत जिल्ला विपद् उद्दार समितिलाई १० लाखका सामग्री सहयोग गरेको थियो । लाइफ ज्याकेट, डोरी र डुंगा दिएपछि प्रहरीले पहिलो पटक प्रयोगमा ल्याएर उद्धारको अभ्यास गर्दै जोखिम पर्दा विपतबाट जोगाउने तरिका पनि सिकाएको हो ।
बागलुङ, पर्वत र म्याग्दीमा विपद् पर्दा नदी र खोला तार्ने विधिकालागि यो डुंगा र सामग्री प्रयोगमा ल्याइने छ । बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले विपद् प्रतिकार्य योजना बनाउने र जलोत्पन्न विपतकाबेला खोजी र उद्धार कार्यकालागि यी सामग्री उपयोगमा ल्याइने बताए । यस्ता सामाग्री अभावमा प्रहरी र सशस्त्रले खोजीमा कठिनाइ भोगेका थिए ।
शुक्रबार हरिबोधिनी एकादशीको अवसरमा कालीगण्डकी नदी किनारको निरयघाट, जैमिनीघाट, बेलबगर लगायतका स्थानमा सयौं भक्तजनको उपस्थितिमा मेला लागेको छ । एकादशीमा कालीगण्डकी नुहाउने र तुलसीको पूजा गर्दा पुण्य मिल्ने विश्वास छ । हरिशयनी एकादशीकादिन रोपिएका तुलसीको हरिबोधिनी एकादशीको दिन रंग लगाउने, लिंगो गाड्ने र दियो बाली पूजा गरी विवाह गराइदिने प्रचलन छ ।
हिन्दू परम्पराअनुसार तुलसीको पूजा गर्दा भगवान विष्णु प्रसन्न हुनेस्थानीय दुर्गाबहादुर आचार्यले बताए । तुलसीको पूजा गर्ने कार्य धार्मिक रुपमा मात्र नभई वैज्ञानिक रुपमा पनि उपयोगी र फाइदाजनक भएको बताइन्छ ।बागलुङ नगरपालिका वडा नंं ४ को निरयघाटमा भने सयौं भक्तजन पुगेर शुक्रबार आधा दर्जन तोरण तारेका छन् । हरिबोधिनी एकादशी मेला आयोजकले तीन दिने खेलकुद तथा धार्मिक कार्यक्रमसमेत आयोजना गरेपछि भक्तजन बढेका हुन् ।
लामो समय रोकिएको निरयघाट मेलालाई स्थानीयले जगाएपछि भक्तजनको बाक्लो उपस्थिति देखियो । साथै, व्यक्तिगत रुपमा मात्र गरिने धार्मिक कार्यलाई संस्थागत रुपमा गरिएको छ । यहा“ रहेको मानवसेवा आश्रमलाई व्यवस्थित बनाउन अभियान चालिएकै समयमा मेलासमेत आयोजना भएको हो । शुक्रबार नदी किनारमा समूहमा भजनकीर्तन गाउने, पञ्चेबाजा बजाउने र गत असारमा १ सय ८ मोठ बनाएर रोपिएका तुलसीको विवाह पनि गरिएको हो ।





