शुक्रबार, मंसिर ४ २०८३

शुक्रबार, मंसिर ४ २०८३
  • ४ मंसिर २०८३ , शुक्रबार
  • November 20 2026

चिकित्सकसहित १४ कर्मचारी सम्मानित

चिकित्सकसहित १४ कर्मचारी सम्मानित


  • ढाेरपाटन संवाददाता
  • मंसिर ४ २०८३, शुक्रबार

बागलुङ/गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को उत्कृष्ट कर्मचारीको रुपमा धौलागिरि प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. विजय ओझा र गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलसहित १४ जनालाई सम्मान गरेको छ ।

वार्षिक समीक्षाको अवसर पारेर स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारीलाई सम्मानार्थ सिफारिस गर्न गठित समितिको सिफारिसमा शुक्रबार सम्मान गरिएको हो । उक्त समितिको सिफारिसलाई मंसिर २ गतेको मन्त्रीपरिषद बैठकले सम्मान गर्ने निर्णय गरेको थियो । उक्त निर्णय स्वरुप पोखरामा आयोजत कार्यक्रममा सबैलाई सम्मान गरिएको हो ।

निर्णय अनुसार प्रदेश अस्पताल लमजुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटा, मुस्ताङका कन्सल्ट्यान्ट मेडिकल जनरलिस्ट डा. प्रदिपकुमार दास, बुर्तिवाङ अस्पतालका कन्सल्ट्यान्ट जनरलिष्ट डा. दिनेश थापा, गण्डकी आर्युवेद अस्पतालकी आर्युवेद शल्य चिकित्सक डा. दिक्षा पौडेल, साल्मेभञ्ज्याङ स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा. सागर थापा सम्मानित भएका हुन् ।

त्यस्तै प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासीका जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाई, मध्यबिन्दु अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत शान्ति भण्डारी, प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका सहायक तथ्यांक अधिकृत प्रविण भण्डारी, म्याग्दीको भुरुङ तातोपानी स्वास्थ्य चौकीका सिनियर अहेव लालदेवी गर्बुजा, सेरावाङ आधारभूत स्वास्थ्य केन्द्र ढोरपाटनका हेल्थ असिस्टेन्ट मानसिंह पुन, गोरखाको लार्केबजार स्वास्थ्य चौकी चुमनुम्रीकी अनमी रञ्जना राइ र स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका कार्यालय सहयोगी बैकुण्ठ भण्डारी समेत सम्मानित भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->