शुक्रबार, मंसिर ४ २०८३

शुक्रबार, मंसिर ४ २०८३
  • ४ मंसिर २०८३ , शुक्रबार
  • November 20 2026

प्रधानमन्त्री शाहको भारत भ्रमण तालिका सार्वजानिक

प्रधानमन्त्री शाहको भारत भ्रमण तालिका सार्वजानिक


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०८३, शुक्रबार

काठमाडौं  / परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले यही नोभेम्बर २२ देखि २३ (मंसिर ६ र ७ गते) सम्म भारतको राजकीय भ्रमण गर्ने घोषणा गरेको छ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले गर्ने भारत भ्रमण तालिका सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री शाह नोभेम्बर २२ तारिख (मंसिर ६ गते) नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नेछन्।

उनका साथमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारी रहनेछन्।

परराष्ट्र सचिव अमृत राईका अनुसार भारत भ्रमण टोलीमा ३४ जना हुनेछन्। उनका अनुसार भ्रमण टोलीमा भारतस्थित नेपाली दूतावासबाट पनि केही सदस्य थप हुनेछन्।

यस्तै निजी क्षेत्रबाट पनि ५२ जना आफ्नै खर्चमा जानेछन् भने पत्रकारहरू पनि निजी खर्चमा प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा सहभागी हुन सक्ने उनले बताए।

भारत भ्रमण टोली मंसिर ६ गते दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी परराष्ट्र सचिव राईले दिए।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता गर्नेछन्।

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा औपचारिक दिवाभोजको आयोजना गर्नेछन्।

यस्तै भारतका विदेशमन्त्री जयशंकरले पनि प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गर्नेछन्। भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन नोभेम्बर २३ मा काठमाडौँ फर्कनेछन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->