शुक्रबार, मंसिर ४ २०८३

शुक्रबार, मंसिर ४ २०८३
  • ४ मंसिर २०८३ , शुक्रबार
  • November 20 2026

सिलाइ मास्टर सीता

सिलाइ मास्टर सीता

ब्राह्मण समुदायकी सीताको स्कुल मास्टर बन्ने सपना पूरा भएन, सिलाइ मास्टरका रुपमा उनी स्थापित भइन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०८३, शनिबार

बागलुङ/उनी ब्राम्हण परिवारकी हुन् । पढेर शिक्षक अर्थात् मास्टरभई पढाउने उनको चाहना अझै मरिसकेको छैन । एसएलसीसम्म गाउँमै पढिन् । एसएलसीपछि छोरीको विहे गरिदिने प्रचलन उनका लागि पनि अपवाद भएन ।

विहेपछिउनी श्रीमान्सँगै छोराछोरी पढाउँदै आफ्नै मेहेनतमा रमाएकी छन् । त्यति हो उनी स्कुल मास्टर बन्न पाइनन्, आफ्नो पेशमा प्रशिक्षक बनी मास्टर बनिन् । अहिले पनि बिहान सखारैदेखि रातिसम्म सियो र मेसिनमा व्यस्त हुन्छिन् ।

सिक्न आउनेहरुलाई सिकाउँछिन् । भन्छिन्, ‘मेहेनत गरियो भने जीवन चलाउन गाह्रो नहुने रहेछ ।’जैमिनी नगरपालिका ९, पैयुँथन्थापकी सीता शर्माको कथा हो यो । सीताले पेशाका हिसाबले आफ्नो जात र समाजले नगरेको काम गरेर देखाएकी छन् । त्यो पनि नमूना उद्यमीकारुपमा ।

जैमिनी–५ को बिनामारेमा २०६४ सालमा उनको विहेभयो । पति टेकनाथ पहिल्यै रोजगारी खोज्दै बागलुङ झरिसकेका थिए । विवाहपछि उनी पनि बजार आइन् ।उनका अगाडि २ विकल्प थिएः पढ्ने कि रोजगारी गर्ने ?

पढ्ने चाहना पनि थियो । तर घर, परिवारको आवश्यकताले उनलाई सीप सिकेर उद्यमी बन्ने बाटो देखायो । घरकै दिदी रुद्राले पनि सिलाइबुनाइगर्थिन् । सोही कामबाट प्रभावित भएर उनले सिलाइसिक्ने योजना बनाइन् ।

विवाह अघि पनि उनलाई सीप सिक्ने रहर नभएको होइन, मौका मिलेको थिएन । विवाहपछि नै यो अवसर आयो । परिवारले साथ दिएकै कारण उनलाई बजार झर्ने, सीप सिक्ने र उद्यमी बन्ने अवसर सिर्जना भयो ।

२०६४ मासीताले हरिमाया घर्तीसँग सिलाइकटाइसिकिन् । टेकनाथका छ दाजुभाइ छन् । टेकनाथ दाइहरुको साथ लागेर १३ वर्षकै उमेरमा बजार आएका थिए ।

सीताले दुई दशकदेखि बागलुङ बजारमा निरन्तर सिलाई कटाइको काम गर्दै आएकी छन् । एकपटक उनी रेडियोकर्मी बन्ने लहरमा पनि लागिन् । धौलागिरि एफएममा काम गर्न गइन् । तर उनको क्षमता अर्कातिर थियो । उनले सिलाईलाई नै निरन्तरता दिइन् ।

सुरुमा एउटा मेसिन राखेर सिलाउन थालिन् । दिदी रुद्राले पनि त्यही काम गर्ने भएकाले साथैमा लागेर काम सिक्दै गइन् । अहिले उनको आफ्नै व्यवसाय छ । ५ वटा मेसिन राखेर नियमित सिलाइगरिरहेकी छन् । मौसम अनुसार उनले ५ जनासम्मलाई रोजगारी दिएकी छन् ।

पछिल्लो समय बजारमा रेडिमेट कपडाको बोलवाला छ । मेहेनत गर्नेले काम पाउन छाडेका छन् । तरपनि उनले मेहेनत गर्न भने छाडेकी छैनन् । ‘पहिला झैं व्यपार त छैन, तर पनि काम गरिरहेकै छु’, उनले भनिन्, ‘सिलाईकै कारण घर, परिवार चलेको छ, पतिको कमाइ मिलाएर बजारमै घर पनि बनायौं ।’

पछिल्लो समय धौलागिरी एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी)ले उनको सीपलाई थप व्यावसायिक बनाउन तालिम लगायतमा साथ दिएको छ । बागलुङ बजार झरेर उनले घर, परिवारको माया र ग्राहकको विश्वास दुवै पाएकी छन् ।

चाडपर्व पारेर उनी गाउँ जान्छिन्, त्यतिबेला घरपरिवार र छिमेकीलेसम्मान गर्दा उन प्रशन्न हुन्छिन् । भविष्यमा पनि यही पेशालाई निरन्तरता दिने उनको सोच छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->