पोखरा/नेपालको महिला आन्दोलन र सामाजिक सुधारको जगका ठाउँ ठाउँमा योगमाया न्यौपाने भेटिन्छ । विद्रोही योगमायाको जीवनमा महिला अधिकारकर्मी, साहित्यकार, समाज सुधारक जस्ता पक्ष छन् । वि. सं. १९४१ मा भोजपुरमा जन्मिएकी योगमायाबारे उपन्यास लेखिएको छ, कृति, आलेखहरु लेखिएका छन् । पछिल्लो क्रममा उहाँको योगदान र जीवनलाई रङ्गमञ्चमा पनि उतारिएको छ ।
पोखरामा यही मंसिर ९ देखि २५ गतेसम्म योगमाया नाटक मञ्चन हुँदै छ । नाटककार टङ्क चौलागाईंको परिकल्पना र निर्देशनमा यो नाटकको अहिले रिहर्सल भइरहेको छ । नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’सहित अन्य कृतिलाई आधार बनाएर चौलागाईंले नाटक तयार पारेका हुन् ।
पोखरा थियटरको गन्धर्व नाटकघरमा मञ्चन हुने यो नाटकमा योगमायाको भूमिकामा आकांक्षा कार्की छन् ।तत्कालीन समयका बडाहाकिमको भूमिकामा कलाकार प्रकाश घिमिरे देखिँदै छन्।नाटकमा तीन दर्जन कलाकार रहने छन् ।
निर्देशक चौलागाईं पर्यटन नगरी पोखरामा हुने मञ्चनप्रति निकै आशावादी सुनिए । ‘पोखरा कला, साहित्य, संस्कृतिमा निकै धनी छ, आशा छ योगमायाले यहाँ न्यानो माया पाउनेछ,’उनी भन्छन् ।
करिब ९० मिनेटको नाटकले योगमायाको संघर्ष, नेपालको इतिहासको एउटा पक्ष देखाउँदै न्यायपूर्ण समाजका लागि झक्झक्याउने अपेक्षा गरिएको छ । ‘अन्याय र विभेदको स्वरुप फेरिएको छ, हटेको छैन । योगमायाको त्याग र सहासबाट अहिलेको पुस्तालाई प्रेरणा दिनु पनि हाम्रो लक्ष्य हो,’उनले भने ।
समाज सुधारका आफ्ना मागहरु तत्कालीन सरकारले पूरा नगरेपछि ६७ अनुयायीसहित योगमायाले वि.सं १९९८ मा अरुण नदीमा जलसमाधिलिएकी थिइन् ।नाटककार परिवर्तन महिला हिंसाविरुद्धको स्रोह दिने अभियान छेक पारी मञ्चन हुन लागेको योगमायाले सान्दर्भिकता अहिले पनि रहेको बताउँछन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ उनी भन्छन्,‘त्यो बेलाको इतिहास, महिला संघर्ष र अहिलेको नेपाली समाजलाई समग्रतामा चिहाउने आँझीझ्याल हो यो नाटक ।’




