सोमबार, कार्तिक ३० २०८३

सोमबार, कार्तिक ३० २०८३
  • ३० कार्तिक २०८३ , सोमबार
  • November 16 2026

सोरठी जोगाउने दुर्गाबहादुरको धोको

सोरठी जोगाउने दुर्गाबहादुरको धोको

दुर्गाबहादुर आफैंले सोरठी गाउँदै हिड्न थालेको ७० वर्ष भइसकेको छ । अहिले सोरठीका धेरै भाका हराएका छन्।सोरठीका १६ हाँगा हुन्छन । एउटै हागाकागीत सबै गाउन पनि पूरै दिन लाग्ने उनी बताउँछन् ।


  • अनिष पाठक
  • कार्तिक ३० २०८३, सोमबार

खर्वाङ/आउँदो पुसबाट उनी ८४ वर्ष लाग्दै छन् । उनको जोशभने अझैयुवाकै जस्तो छ । बागलुङको बडिगाड गाउँपालिका १, तुम्डाँडाका दुर्गाबहादुर भुजेलउमेरमा पनि घर, गोठको काम गर्छन् । चार बीस नाघेका भुजेलको सक्कली उत्साह भने सोरठी गाउने बेला देखिन्छ ।

दसैंको पूर्णिमाबाट सोरठी गाउन थालिन्छ । गाउँमा सोरठी गाउने गुरु हुन्उनी । १३ वर्षबाट सोरठी गाउन थालेका उनका दमाली अहिले छैनन् ।बाल्यकालमा हजुरबाले गाउने गरका ३ वटा सोरठीसँगै उनलाई धेरै गीत कण्ठ थिए । उनी त्यो बेला गीत गाउनेहरुको भाका र लय टिप्थे ।

कतिपय सोरठी भाका त उनले भुलिसके । भुजेलसँग सोरठी गीतका शब्द माग्न धेरै सर्जक पुग्ने गरेका छन् । ‘धेरैले मसँग सोरठी सारेर लागे, गाउन सकैले सकेनन्,’ उनी भन्छन्,‘बागलुङ वीरकोटका भैलीले हाइ मुरली लगेर गाए, त्योचाँहि भाका ठ्क्याकै उनीहरुले टिपे।’

दुर्गाबहादुर आफैंले सोरठी गाउँदै हिड्न थालेको ७० वर्ष भइसकेको छ । अहिले सोरठीका धेरै भाका हराएका छन्।सोरठीका १६ हाँगा हुन्छन । एउटै हागाकागीत सबै गाउन पनि पूरै दिन लाग्ने उनी बताउँछन् ।

‘भन्न जान्न परो, गीत यही ढुंगा, माटोको पनि बन्छ,’ उनी भन्छन् । सोरठीमारामायण तथा कृष्ण चरित्रका कथा पनिउतारिन्छ । सोरठी र भैलो भने फरक हो । विशेषगरी जनजाति समुदायमा सोरठी नृत्य र गायनको परम्परा छ।

सोरठी पौराणिक राजा जयसिंह र उनका रानीहरूको कथा र देवीदेवताका गाथामाआधारित हुन्छ। दुर्गाबहादुरसोरठीमात्रै होइन, यानिमाया, सुनिमाया, सालैजो पनि गाउन सिपालु छन् । ‘गाउन थालेपछि सलल गीत आफैं आउँछ । अहिले उमेर हुदँै गयो दात पनि झर्दै गए तर पनि गाउछु,’ उनी आशावादी सुनिए ।

उनीसँग सोरठी भाका लैजानेहरुले ती गीत के गरे उनैलाई पत्तो छैन । जीवनको उत्तरार्धतिर दुर्गाबहादुरलाई यी भाका संरक्षण गर्न मन लागेको छ । उनी सकभर आफ्नै स्वरमा ती भाका जोगाउने इच्छा सुनाउँछन् ।

‘मैले जानेका गीत लेखेर, गाएर कतै होस् भन्ने रहर छ । धोको भएरमात्रै नहुने रहेछ । सबैकुरा पैसा रहेछ । रहरले एउटा गीत रेकर्ड गर्ने प्रयास पनि भयो । तर साथीहरुले पैसा डुबाईदिए,’ उनले भने । दुर्गाबहादुर जोवनलाई फूलको रससँग तुलना गर्छन् । भन्छन्, ‘फूलको रस सुकेपछि त्यसको महत्त्व हँुदैन, हाम्रो जीवन पनि त्यस्तै हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->