आइतबार, कार्तिक २९ २०८३

आइतबार, कार्तिक २९ २०८३
  • २९ कार्तिक २०८३ , आइतबार
  • November 15 2026

‘सरकार लोकतन्त्रको लौरो नबनोस्’

‘सरकार लोकतन्त्रको लौरो नबनोस्’


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०८३, आइतबार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 50

बागलुङ/मानवअधिकार तथा शान्ति समाजकी केन्द्रीय सभापति रेनुका पौडेलले सरकारलाई लोकतन्त्र बिरुद्दको लौरो नबन सचेत गरेकी छिन् ।

शनिबार बागलुङमा आयोजित एक अन्तरक्रियामा उनले सरकारलाई संसदप्रति उत्तरदायी बन्न र न्यायालयमा सरकारी छाया नदेखाउन पनि आग्रह गरिन् । ‘मानवअधिकार तथा शान्ति समाजले राम्रा कामलाई स्वागत र सरकारको खवरदारी पनि गर्छ’ उनले भनिन्, ‘मानवअधिकार, लोकतन्त्रका मूल्य र मान्यता मिचेर हिड्न सरकारलाई दिंदैनौं ।’ उनले राज्य स्वेच्छाचारी, प्रेस बिरोधी नागरिकप्रति उत्तरदायी बन्नुपर्ने उनले बताइन् ।

गतवर्षको भदौ २३ गतेको जेनजी आन्दोलनको म्याण्डेड अनुसार जनताले सुशासनका लागि मत दिएको सरकार भएपनि सुशासनको क्षेत्रमा काम नगरेको उनले बताइन् । समाजले पनि यो ठहर गरेर सरकारलाई ध्यानाकर्षण गराएको उनको भनाइ छ । आँफैले घोषणा गरेको शासकीय सुधारको प्रतिवद्दता अनुसारका काम नगरेकोमा पौडेलले सरकारको ध्यानाकर्षण गराइन् । समाजले तयार गरेको ध्यानाकर्षण अवधारणाबारे उनले जानकारी गराइन् ।

भोटेकोशीलगायतको बाढी पहिरोको समस्या पर्दा राज्यलाई सहयोग गरेको, धार्मिकलगायतका समस्या आइपर्दा समन्वयकारी भूमिका खेलेको तर सुशासनमा काम नगर्दा ध्यानाकर्षण गराउने समाजको धर्म भएको उनले बताइन् । विधिको शासन, पारदर्शीता, अहिंसा र लोकतन्त्र समाजका मानक भएको पनि उनले बताइन् । त्यस बाहेक ‘जलवायु न्याय’का लागि खबरदारी नियमित काम भएको पनि बताइन् । दुइ दशकदेखि समाजले खवरदार गर्दा राज्यले ध्यान नदिंदा अहिलेको समस्या आएको भन्दै क्षति न्युनिकरणमा राज्यले तयारी गर्नुपर्ने उनले सुझाइन् ।

अन्तरक्रियामा महासचिव प्रकाश शाही, सचिव तीर्थराज न्यौपाने लगायतले पनि युद्दका बेला प्रत्यक्ष नागरिकको ज्यान सुरक्षामा काम गरेको समाज अहिले अप्रत्यक्ष असर पर्ने जलवायु न्यायको बारेमा वकालत गरिएको बताए । देशव्यापी अभियानमार्फत जागरण ल्याउन पनि समाजले आगामी माघमा राष्ट्रिय परिषद बैठक राखिएको उनीहरुले जानकारी गराए ।

समाजले सबै शाखाको साधारणसभा सकेर राष्ट्रिय परिषद गर्न लागेको हो । जिल्ला तहमा पनि मानवअधिकार र जलवायु न्यायको बारेमा अभियान संचालन गरिने शाखाका सभापति नवराज परियारले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->