आइतबार, कार्तिक २९ २०८३

आइतबार, कार्तिक २९ २०८३
  • २९ कार्तिक २०८३ , आइतबार
  • November 15 2026

कमलपोखरीमा छठको तयारीः ५०० बर्तालुलाई कुपन, एक लाख भक्तजनको अपेक्षा

कमलपोखरीमा छठको तयारीः ५०० बर्तालुलाई कुपन, एक लाख भक्तजनको अपेक्षा

पूजामा सहभागिताका लागि राष्ट्रपतिलगायत अतिविशिष्ट व्यक्ति, विभिन्न दलका नेतागण तथा महानगर कावा प्रमुखसहितका व्यक्तित्वलाई निमन्त्रणा गरिएको छ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०८३, शनिबार

काठमाडौं / यही कात्तिक २९ गते परेको दीपावलीपछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा गरिएको छ। करिब एक लाख भक्तजन आउने अपेक्षासहित पोखरी परिसरलाई व्यवस्थित बनाइएको हो।

काठमाडौं महानगरपालिकालगायत सङ्घसंस्थाको सहकार्यमा पोखरी किनारमा करिब ५०० बर्तालुलाई पूजाआजा गर्न मिल्ने गरी घाट व्यवस्थित गरिएको छ।

काठमाडौं महानगरपालिका-१ को समन्वयमा गरिने पूजाआजा कार्यक्रमका लागि बर्तालुलाई कुपन वितरण गरिएको छ।

पोखरीको चारैतिर पेटीमा बर्तालुलाई बस्ने, सूर्यलाई अर्घ्य दिने र पूजा सामग्रीको सुरक्षाको समेत प्रबन्ध मिलाइएको छ। साथै, पोखरी तथा आसपास क्षेत्रको फोहोर व्यवस्थापन गरी झिलीमिली बत्ती र स्वचालित पानीको फोहोराको व्यवस्था गरिएको छ।

समारोहस्थलमा भजनकीर्तन तथा धार्मिक गतिविधिको प्रबन्ध गरिएको छ भने सामान्य दर्शन तथा घुमघामका लागि करिब एक लाख भक्तजन आउने अपेक्षा गरिएको छ। भीड व्यवस्थापनका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको काठमाडौं महानगरपालिका-१ का वडा सदस्य रोशन श्रेष्ठले जानकारी दिए।

छठ पर्वको मौलिकता एवं महत्त्व संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न पोखरी सजाइएको उनले बताए। पूजामा सहभागिताका लागि राष्ट्रपतिलगायत अतिविशिष्ट व्यक्ति, विभिन्न दलका नेतागण तथा महानगर कावा प्रमुखसहितका व्यक्तित्वलाई निमन्त्रणा गरिएको छ।

स्थानीय सङ्घसंस्थाको समन्वय तथा सहकार्यमा स्वास्थ्य परीक्षण शिविरसमेत सञ्चालनको व्यवस्था गरिएको छ। प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठीका दिन बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरेपछि प्रसाद वितरण गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->