पोखरा / सुदुरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधी चुमेको छ लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै उपाधी जितेको हो । १५६ रनको विजयी लक्ष्य पाएको सुदुरले १३.३ विना विकेट गुमाउँदै दोस्रो संस्करणको फाइनलसहित तेस्रो सिजनको लिग र क्वालिफाईमा व्यहोरेको हारको बदला लिएको हो ।
सुदुरका जर्ज मन्सले आक्रमक ब्याटिङ गर्दै शानदार शतक बनाए । मन्सले ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १२५ रन बनाए । विनोद भण्डारीले ३० रन बनाए । उनले २७ बलमा ३ चौका प्रहार गरे ।
त्यस अघि टीयू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
पहिलो संस्करणमा जनकपुर बोल्ट्सँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग नै फाइनलमा पराजित भएको थियो ।
लुम्बिनीका लागि दिलिप नाथले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए । कप्तान रोहित पौडेलले ३० र विकेटकिपर निरोशन डिकवेलाले २८ रन बनाए । अली शेखले २४ र डार्शी सर्टले २१ रन जोडे ।
लुम्बिनीका ओपनर आसिफ शेख फाइनलमा व्यक्तिगत १ रनमा आउट भए । यसै सिजन लुम्बिनीमा अनुबन्त्र भएका उनी तेस्रो ओभरमा स्कट कुगेलेइनको बलमा एबलीडब्लु आउट भए । आसिफले रिभ्यु लिएपनि डिएआरस पछि बलले स्टम्प लागेको दिएपछि उनी आउट भए ।
छैटौं ओभरमा बलिङमा आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो बलमै सर्टलाई बोल्ड गरे । सर्टले १८ बल खेल्दै ४ चौका मदतमा २१ रन जोडे ।
३५–२ को स्थितीबाट कप्तान रोहित कुमार पौडेल र विकेटकिपर निरोशन डिकवेलाले लुम्बिनीको इनिङ्स सम्हाले । यो जोडीले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे । डिकवेलालई ११औं ओभरमा थरिन्दु रत्नायकेले बोल्ट गरपछि रोहितले दिलिप नाथसँग ३४ रनको साझेदारी गरे । डिकवेलाले १७ बल खेल्दै १ चौका र २ छक्का मदतमा २८ रन जोडे । रोहित १५औं ओभरको अन्तिम बलमा रनआउट भएका थिए । रोहितले ३१ बल खेल्दै ४ चौका मदतमा ३० रन जोडे ।
त्यसपछि आएका सन्दिप जोरा ४ रन बनाएर आउट भए । दिलिप नाथ र अली शेखले त्यसपछि लुम्बिनीका लागि छैटौं विकेटका ३३ रनको साझेदारी गरे । लेट केमियो इनिङ्स खेलेका अली शेखले १२ बल खेल्दै समान २ चौका र २ छक्का मदतमा २४ रन योगदान गरे ।
अन्तिमसम्म ब्याटिङ गरेका दिलिप नाथले ३१ बल खेल्दै ३ छक्का मदतमा अविजित ३९ रन बनाए । रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २ तथा थरिन्दु रत्नायके र कप्तान दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले समान १/१ विकेट लिए ।





