मंगलबार, मंसिर ८ २०८३

मंगलबार, मंसिर ८ २०८३
  • ८ मंसिर २०८३ , मंगलबार
  • November 24 2026

लेखनाथ महोत्सवमा ३ लाख दर्शकको लक्ष्य

लेखनाथ महोत्सवमा ३ लाख दर्शकको लक्ष्य

११ दिन चल्ने महोत्सवमा १२ करोड कारोबार गरी १ करोड ५ लाख आम्दानी र ८५ लाख खर्च हुने अनुमान ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८३, मंगलबार

लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने २२ औं लेखनाथ महोत्सवमा पौने ३ लाख दर्शक भिœयाउने लक्ष्य राखिएको छ । आगामी पुस २ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

संघ अध्यक्ष जानुका पराजुली अधिकारीले विषम आर्थिक परिवेशमा महोत्सव आयोजना गर्नु चुनौतीपूर्ण भए पनि सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीय उत्पादनको बजारीकरण गर्न यो आवश्यक एको बताइन् । उनले कृषकलाई सम्भावनाको बाटो देखाउन महोत्सवलाई निरन्तरता दिइएको सुनाइन् ।

‘अहिले निजी क्षेत्रको मनोबल केही खस्किएको छ। बैंकमा तरलता प्रशस्त भए पनि लगानीमैत्री वातावरण नभएकाले निजी क्षेत्र लगानी गर्न इच्छुक देखिएको छैन,’ उनले भनिन् । अनुगमनका नाममा हुने हैरानी र व्यवसायमैत्री नभएको कर प्रणालीप्रति पनि उनले चिन्ता व्यक्त गरिन् ।

महोत्सव प्रचारप्रसार उपसमिति संयोजकसंघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईले महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला, दैनिक उपभोग्य सामग्री, विद्युतीय उपकरण, फर्निचर, सूचना प्रविधि र सञ्चार उपकरणका साथै स्थानीय सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी र दुग्धजन्य उत्पादनको बिक्री तथा प्रदर्शनी हुने जनाए । फुड फेस्टिभल, अटोमोबाइल र ग्रामीण प्रविधिको प्रदर्शनी, कृषि, पर्यटन र उद्योगबारे संवाद कार्यक्रम पनि रहनेछन् ।

महोत्सवको आकर्षणका रूपमा गौतम बुद्धको प्रतिमा राखिनेछ । सांस्कृतिक कार्यक्रमतर्फ विभिन्न जातजातिका रीतिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी ¥याली, भेषभूषा प्रदर्शनी, महिला विशेष रत्यौली, विद्यालयस्तरीय नृत्य र कवि शिरोमणि लेखनाथ पौडेलको सम्झनामा साहित्यिक कार्यक्रम हुने छन् । पप कन्सर्ट, लाइभ ब्यान्ड, राष्ट्रिय स्तरका कलाकारको लोकदोहोरी, स्टेज सो, बाल उद्यान, टिकटक प्रतियोगिता, साइकल ¥याली र उत्कृष्ट स्टल पुरस्कार पनिसमेटिएका छन् ।

महोत्सवका ३ सय ३५स्टलमा गार्मेन्ट तथा रेडिमेट कपडा र फुटवेयरका सबैभन्दा बढी १ सय १२ स्टल छन् । कृषि तथा पशुजन्य वस्तुका ४०, किचन सामग्रीका २६, जनरल स्टल २४, फुड एन्ड बेभरेज १८, खाना महोत्सव १७, हस्तकला १४, शैक्षिक÷ग्रामीण प्रविधि÷कृषि प्रदर्शनी १३, डेरी १३, मेसिनरी १२, नेपाली उत्पादन प्रदर्शनी १०, अटो प्रदर्शनी ६ र बैंक, वित्तीय संस्था तथा प्रायोजकका ३० स्टल हुनेछन् ।

सदस्यका लागि स्टल बुकिङसोमबारदेखि नै खुला गरिएको छ भने अन्य व्यवसायीका लागि मंसिर ११देखि खुला हुनेछ।प्रवेश टिकट विद्यार्थीका लागि ५०, सर्वसाधारणका लागि १ सय र कन्सर्टका लागि २ सय तोकिएको छ ।

आयोजकमा २ लाख ७० हजार दर्शक आउने र १२ करोडको कारोबार हुने अनुमान छ। १ करोड ५ लाख आम्दानी र ८५ लाख रुपैयाँ खर्च भई २० लाख हुने आयोजकको प्रक्षेपण छ । बचत रकम सात तालको संरक्षण तथा प्रवद्र्धन, नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणको पहल, पर्यटन प्रवद्र्धन र सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिनेछ ।

महोत्सव व्यवस्थित रूपमा सञ्चालन गर्न हालसम्म १० जना निर्देशक, ५५ सल्लाहकार, ५० उपसमिति संयोजक, ९० कार्यसम्पादन समिति सदस्य, १२० मूल समारोह समिति सल्लाहकार र ३०० मूल समारोह समिति सदस्य रहने गरी समिति गठन गरिएको छ ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोला, महासचिव भरतराज ओझा र संघका द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्यले पनि बोलेका थिए ।

महोत्सवआयोजकमा लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ छन भने सहआयोजकमा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय र उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश छन् ।प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड र मुख्य प्रायोजकमा एग्रो थाई फुड्स प्रालि (म्याक्स टाइगर एनर्जी ड्रिंक) छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->