आइतबार, मंसिर ६ २०८३

आइतबार, मंसिर ६ २०८३
  • ६ मंसिर २०८३ , आइतबार
  • November 22 2026

सुन्तलाबाट समृद्धिको सपना

सुन्तलाबाट समृद्धिको सपना

व्यापारीहरु गाडी लिएर बगानमै पुग्ने भएको हुनाले कृषकलाई बजारको समस्या छैन ।


  • अमृत बास्कुने
  • मंसिर ६ २०८३, आइतबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; sv:16.2.13.1.W20; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;

म्याग्दी/विदेश जाने लर्को र बेरोजगारीको गुनासो बढिरहेका बेला म्याग्दीका विभिन्न स्थानमा किसान पाखाबारीमा पसिना बगाएर सुन्तला फलाउने अभियान बढाएका छन् । व्यावसायिक कृषिमा रमाइरहेका यहाँका किसानको मेहनतले म्याग्दी सुन्तलाको ‘पकेट क्षेत्र’ बन्दै गएको छ ।

यस वर्षकोसुन्तला टिपेर बजार पठाउन पनि थालिएको छ । बेनी नगरपालिका ४ तथा मालिका गाउँपालिका ३ बाट सुन्तला बजार पठाउन थालिएको हो । बेनी–४, बास्कुनाका सुन्तला कृषक दलबहादुर कार्कीले ४ रोपनीमध्ये बाटो कटान गरेर बाँकी रहेको जग्गामा सुन्तला खेती गरिरहेका छन् । बगैँचामा लगभग १ सय ५० बोट छन्, जसमध्ये ५५ बोटले फल दिइरहेका छन् ।

उनले गत वर्ष ४ लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको र यस वर्ष पनि ठेकेदारले जोखेर लैजाँदा करिब त्यही हाराहारीमा आम्दानी हुने अनुमान सुनाए । उनको बगैचामा पाँच वर्ष पूरा भएका नयाँ बोटले पनि अहिले अलिअलि फल दिन थालेका छन् । सुन्तला खेतीबाट राम्रो आम्दानी हुने देखेपछि उनले अर्को ठाउँमा पनि जग्गा लिएर थप ५० नयाँ कलमी बिरुवा रोपेको छन् । कीरा र रोगको प्रकोपका कारण गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा केही कमी देखिएको उनले जानकारी दिए ।

बेनी नगरपालिका–४ का बास्कुना, सुर्केमेला र थामडाँडा क्षेत्रमा करिब २ सय हेक्टरमा सुन्तला खेती भइरहेको वडा सदस्य तथा सुन्तला कृषक सन्दीप केसीले बताए । यी क्षेत्र पछिल्लो समय म्याग्दीमा सुन्तलाको पकेट क्षेत्रका रूपमा पहिचान बनाइरहेका छन् । नगरपालिका ३ भकिम्ली लगायतका क्षेत्रमा पनि सुन्तला खेती हुने गरेको छ । वडा नम्बर ४ क्षेत्रका साबिक सिंगा गाविसका तीन वटा वडाबाट गत वर्ष साढे २ करोडभन्दा बढीको सुन्तला बाहिर पठाइएको उनको भनाइ छ ।

ठेकेदारमार्फत टिपेर चितवन, काठमाडौँ र पोखरा लगायतका सहरमा सुन्तला पु¥याउने गरिएको छ । अघिल्लो वर्ष बगानबाटै प्रतिकेजी ८५ रुपैयाँका दरले तथा कतिपय कृषकले ठेक्कामा सुन्तला बिक्री गरेका थिए । यस वर्ष सुन्तलाका दानाको गुणस्तर राम्रो देखिएकाले प्रतिकेजी ८५ देखि ९० रुपैयाँसम्ममा बिक्री गर्ने प्रयास भइरहेको र उचित मूल्य दिने व्यापारी तथा ठेकेदारसँग छलफल जारी रहेको केसीले बताइए ।

सुन्तला राम्रो फले पनि ‘ग्रिनिङ’ नामक रोग देखा परेकाले त्यसको पहिचान, रोकथाम र न्यूनीकरणका लागि कृषि ज्ञान केन्द्र, नगरपालिकाको कृषि शाखा र विज्ञहरूसँग किसान संवाद तथा स्थलगत अवलोकन हुनुपर्ने केसीले बताए । मालिका गाउँपालिका ३ इग्रेमा भिरालो र चुनौतीपूर्ण भूगोल तथा रोगकीराको चुनौती भए पनि सामूहिक प्रयास, सही बाली छनोट र निरन्तरको मिहिनेतले किसानलाई आत्मनिर्भरतातर्फ डो¥याइरहेको छ ।

स्वदेशमै सम्भावनाको खोजी गरिरहेका यी किसानको यात्राले रोजगारीका लागि विदेशिने युवालाई समेत आफ्नै गाउँघरमा फर्केर केही गर्ने प्रेरणा दिएको छ । मालिका गाउँपालिका–३, इग्रेमा सुन्तलाको अवस्था अवलोकन गरेका स्थानीय वेदप्रसाद सुवेदीले सुन्तला रसिलो र आकर्षक देखिएको बताए ।

पहिरो गइरहने र भिरालो पाखाबारीमा समेत सुन्तला फलेको देख्दा आफ्नै माटोमा केही गर्न सकिन्छ भन्ने विश्वास पलाएको सुवेदीको भनाइ छ । उनले विदेश जाने रहरभन्दा आफ्नै जग्गाको प्रकृति सुहाउँदो सुन्तला, किबी, टिमुर, केरा, भाङ्गो, भटमास वा सिमीजस्ता बाली लगाउन सके विदेशमा कमाउने जति नै आम्दानी स्वदेशमै गर्न सकिने धारणा व्यक्त गरे ।

मालिका–३ कै अर्का किसान गोविन्द पटेलले ‘पटेल कृषि तथा पशुपन्छी फार्म’मार्फत करिब ४ सय सुन्तलाका बिरुवा लगाएका छन् । फरक–फरक समयमा लगाइएका बिरुवामध्ये अहिले करिब ८०–९० बोटले फल दिन थालेको र बाँकीले एक–डेढ वर्षभित्रै फल दिने अपेक्षा उनको छ ।

मालिका–३ कै अर्का किसान मनबहादुर विकले आफ्नो बारीमा करिब ८० वटा सुन्तलाका बोट रहेकोमा १५–१६ बोटले फल दिइरहेको जानकारी दिए । उनको बारीमा १५ वटा कागतीका बोट पनि छन्, जसमध्ये केहीमा फल लागेको र केही फल्ने क्रममा छन् ।

यस वर्ष बेनी नगरपालिका ४ बास्कुना र मालिका गाउँपालिका ३ इग्रेदेखि सुन्तला बिक्री सुरु भए पनि जिल्लाको बेनी नगरपालिकाको भकिम्लि, राखु, सुर्केमेला, थामडाँडा, मरेक, बालम, कलङ्कुरमा पनि सुन्तला उत्पादन राम्रो हुने गर्दछ । मंगला गाउँपालिकाको बरंजा, अर्मन, थाइवाङ, मालिका गाउँपालिकाको इग्रे, देविस्थान, निस्कोट, बिम, धवलागिरी गाउँपालिकाको ताकम, मराङ एवं रघुगंगा गाउँपालिकाको राखु एवम् अन्नपूर्ण गाउँपालिकाको दोसल्लो, दाना लगयातको क्षेत्रमा सुन्तलाको प्रशस्त उत्पादन हुन्छ । व्यापारीहरु गाडी लिएर बगानमै पुग्ने भएको हुनाले कृषकलाई बजारको समस्या छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->