मंगलबार, मंसिर ८ २०८३

मंगलबार, मंसिर ८ २०८३
  • ८ मंसिर २०८३ , मंगलबार
  • November 24 2026

किङ्स कप भलिबलमा ६ टोली

किङ्स कप भलिबलमा ६ टोली


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८३, मंगलबार

पोखरा/बुधबारबाट सुरु हुने प्रथम किङ्सकप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा ६ टोलीले सहभागिता जनाउने भएका छन् ।

युनाइटेड किङ्स क्लबको आयोजनामा हुन लागेको राष्ट्रिय स्तरको प्रतियोगितामा तीन विभागीय क्लब त्रिभुवन आर्मी, एपिएफ र पुलिससहित गण्डकी प्रदेश, कोशी प्रदेश र आयोजक किङ्स क्लबको सहभागिता पक्का भएको हो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लब अध्यक्ष अशोक गुरुङले तयारी सकिएको जनाए । पोखरा रंगशालाको भलिबल कोर्टमा हुने प्रतियोगिताले यस क्षेत्रमा रहेका भलिबल खेलाडीको स्तरवृद्धि गर्न मद्दत पुग्ने उनको विश्वास छ ।

गण्डकी प्रदेश भलिबलको उर्वर भूमि जनाउँदै उनले ठूला प्रतियोगिताले यहाँको भलिबल चलायमान बनाउन ईंट्टा थप्ने विश्वास व्यक्त गरे । क्लबले ३ विदेशी खेलाडीसहित अन्य खेलाडी गण्डकी प्रदेशको भलिबल टिममा पर्न नसकेका खेलाडीलाई नै राखेको जानकारी दिए ।

प्रतियोगितासंयोजक थमन गुरुङले विजेतालाई ४ लाख नगद प्रदान गर्ने जानकारी दिए । उपविजेतालाई २ लाख ५० हजार तथा तेस्रो हुने टिमलाई १ लाख र सान्त्वना टिमलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताकासर्वोत्कृष्ट खेलाडीले २० हजार पाउँदा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई समान १० हजार प्रदान गरिनेछ । प्रतियोगिताबाट ७१ लाख रुपैयाँ आम्दानी तथा ६० लाख ९५ हजार रुपैयाँ खर्च हुने अनुमान संस्थाका सचिव अशोक थापाले सुनाए । प्रतियोगिता १५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->