प्राणी मराइ विदेशीलाई पैसा तिम्ले पायौ
मान्छे बेची नपुगेर प्राणी बेची खायौ !
निर्दोषी त्यो सोझो भेडो जंगलमा बस्छ
नत तिम्लाई मारी खान्छ नत कतै डस्छ !
नत खा छ तिम्रो बाली नत तिम्रो अन्न
के कुराले पर्यो तिम्लाई जाओ मार भन्न?
यो सृस्टीको कुन विधानले मिल्छ यस्तो गर्न ?
सोझा प्राणी मराएर आफ्नो खल्ती भर्न !
भोकै भइ खानै पाएनौ बरु तिम्ले भने
तिम्ले आफै मारी खाउ नलेउ यस्ता धने !
प्रकृतिको चक्र भित्र त्यहि ठाउँका पात्र
मारामारको खेल चल्छ उनै बीच मात्र !
भान्छौ अरे धेरै छन् मारे हुन्छ केहि
कस्तो होला तिम्लाई पनि भने शब्द यहि !
धेरै छौ त तिमीपनि चाहिने भन्दा आज
एउटा पदमा दुइटा बस्छौ नमानेर लाज !
तिम्रा पनि छन् त सन्तान धेरै एउटा भन्दा
कस्तो होला तिन्लाईपनि नम्बर लगाई गन्दा !
यसै गरि तिम्रा घरमा आए कोहि लिन
सक्छौ तिमी धेरैबाट एउटा छानी दिन ?
उपचारमा जान परे तिम्लाई भिसा दिन्न
जन्तु मार्ने भिसा दिन्छौ मननि हुन्न खिन्न !
(कवि पन्त ब्यङ्ग्य काव्य काेइलीका लेखक हुन)





