बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बली प्रथा: धर्म

बली प्रथा: धर्म


  • अर्जुनराज पन्त
  • कार्तिक १९ २०७६, मंगलबार

लैना पाँडा दुधे पाठा परेवाका चल्ला
बली दिँदै गर्ने अझ धर्म भनि हल्ला !

मासु खाने रहर भए काट अन्तै बरु
मन्दिरमा बली नदेउ पशु पन्छी अरु

तिमि मात्र जान्नाै त्यँहा जान्छन अरु पनि
नाै दुर्गामा भगबतीकाे दर्शन गर्न भनि

साथलागेर बाउअामाकाे बच्ची त्यँहा गा कि
बली दिएकाे दृश्य देखि झण्डै बेहाेस भा कि

रुँदै रुँदै भनि उसले मेराे मने पाठी
किन उस्लाई लतारेकाे उसकाे मुन्टाे काटि ?

देख्दाखेरी रगत अाज मन्दिर वरिपरि
नराम्ररि तर्सि बच्ची रुँदै बिलाप गरि

पुजागरे बाउअामाले उसले मुहार छाेपि
झिकिकन उसका बाउकाे शिरमा भाकाे टाेपी

न त खाइ प्रसाद केहि न त लगाइ टिका
यस्ता ठाँउमा नलेउ भन्दै राखि निधार फिका

बलीयाेले निर्धा प्राणी काट्दा यसाे गरि
गलत सन्देश दियाे कि खै यस्ले लाेकै भरि

मन्दिरकाे भिडलाइ हेर्न बिदेशी नि अा काे
सबै थरि दृश्य खिच्ने क्यामरा नि भा काे

एकाेहाेराे हेर्याे त्यहाँ खाेज्याे फाेटाे खिच्न
किन काँमे उसका हात खै सकेन त्याे थिच्न !

बली दिएकाे दृश्य देखि भइ निकै दङ्ग
के गरेकाे यस्तो भन्दै शाेध्याे सबै सङ्ग

एउटै उत्तर पायाे उसले धर्म गर्या भनि
छक्कै परि गर्याे उसले अर्को प्रश्न पनि

लाैत देखाउ अरु त्यस्ताे मैले भने जस्ताे
धर्म भन्ने यस्तो रै छ पाप चाँहि हुन्छ कस्तो ?

घुम्दै अाउला फेरि अर्को एकादशिका दिन
शाेध्ला पश्न बधशाला याे बन्द भयाे किन ?

पशुत्वकाे बली देउ चाैपाँयाकाे हैन
धर्म हाेला बल्ल त्यँहा पाउला मनमा चैन

सके राेक यस्तो प्रथा राेज अर्को बाटो
नरिवलकाे बली देउ चाैपाँयाकाे साटाे

सक्दैनाे त्याे राेक्न भने अर्को मेसाे गर
बनाउ एउटा बधशाला त्याे मन्दिर भन्दा पर

काेहि कसैलाई जान नदेउ त्यसका वरिपरि
जे मन लाग्छ त्यतै गर नदेखिने गरि !
(ब्यङ्ग्य कवि पन्तकाे ब्यङ्ग्यकाब्य “काेइली” बाट)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->