जोमसोम, २० कात्तिक – मुस्ताङमा चिसो ह्वात्तै बढेको बेला पूर्वयुवराज पारस शाह भने जोमसोम आइपुगेका छन्। २ वटा पजेरो जीप र ६ वटा मोटरसाइकलको प्रयोग म्याग्दी हुदै बुधवार जोमसोम आईपुगेका हुन् । शाहले बा १४ च २१३१ नम्बरको जीप चढेका छन् । उनका सहयोगीले बा १४ च २११३ नम्बरको जीप चढेका छन् । पूर्वयुवराज शाह पोखरादेखि म्याग्दीहुँदै बुधबार दिउँसो सदरमुकाम जोमसोम बजार आईपुगेका हुन्।
मुस्ताङ आउने क्रममा शाह मंगलवार थासाङ गाउँपालिका लेतेस्थित होटल सियुमा बास बसेका थिए । उक्त लज संघीय सांसद प्रेमप्रसाद तुलाचनको हो । उनी अहिले जोमसोमस्थित फाइभ स्टार होटलमा विश्राम गरेको उनका साथीहरुले वताएका छन । उनीसंग आएका केही साथीहरु भने यतिवेला मुक्तिनाथ दर्शनका लागि गएका छन्। सामान्य नागरिक सरह नै घुमफिरमा निस्केका शाह सार्वजानिक रुपमा त्यति खुलेका छैनन् । तर आफु वस्ने र खाने होटलमा भने संगै फोटो खिचाउने गरेका छन ।





