बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रहरी विद्यालय सम्पर्क कार्यक्रम मनाङमा प्रभावकारी

प्रहरी विद्यालय सम्पर्क कार्यक्रम मनाङमा प्रभावकारी

कार्यक्रमबाट प्राप्त सुझावलाई ग्रहण गर्दै ब्यवहारीक रुपमा ग्रहण गर्दै लैजाने


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०७६, मंगलबार

मनाङ, २६ कार्तिक – जिल्ला प्रहरी कार्यालय मनाङले सञ्चालन गरेको प्रहरी विद्यालय सम्पर्क कार्यक्रम प्रभावकारी भएको छ । जिल्लाका माध्यमिक विद्यालयमा सञ्चालन गरिएको कार्यक्रमबाट विद्याथी, शिक्षक लाभन्वित भएका छन । यो कार्यक्रम मार्फत प्रहरीले साइवर अपराध, विपत ब्यवस्थापन, बाल यौन दब्र्यवहार नियन्त्रण लगायतका विषयमा प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसबाट विद्यार्थीले लाभ लिन सकेको लोकप्रिय माविका प्रधानाध्यापक सुरेश कुमार थापाले वताए ।

यसैविच जिल्ला प्रहरी कार्यालय र लोकप्रिय मावि चामेको आयोजनामा सोमवार विद्यालयको सभाहलमा अनुशिक्षण कार्यक्रम समपन्न भएको छ । प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तरगत आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी टीकावहादुर कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै यसबाट सवैपक्ष लाभान्वित हुने वताए । कार्यक्रममा प्रहरी सहायक निरीक्षक कृष्ण वहादुर थापाले साईवर अपराध, बाल यौन दुव्यवहार र विपद व्यवस्थापनका विषयमा जानकारी गराएका थिए । लोकप्रिय माविका प्रअ थापाको अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन प्रहरी जवान भोजवहादुर रुचालले गरेका थिए ।

सो अनुशिक्षण कार्यक्रममा विद्यालयका ६,७,८,९ र १० कक्षाका ६० जना विद्यार्थी सहभागी थिए । विद्यालयमा सञ्चालन गरिएको जनचेतनामुलक यस कार्यक्रमबाट असल नागरीक निर्माणमा व्यवहारीक ज्ञान प्राप्त भएको विद्याथीले वताए । कार्यक्रमबाट विधार्थीले प्राप्त गर्ने ज्ञान समाजसम्म पुग्ने भएको सचेत तथा सुरक्षित समाज निर्माणमा महत्वपूर्ण हुने डिएसपी कार्कीको भनाई छ । कार्यक्रमबाट प्राप्त सुझावलाई ग्रहण गर्दै ब्यवहारीक रुपमा ग्रहण गर्दै लैजाने जिप्रकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->