शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

धर्मसंकट !

धर्मसंकट !


  • राधिका कल्पित
  • कार्तिक ३० २०७६, शनिबार

जन्माऊँ कि नजन्माऊँ
यो सन्तान
यो जन्मिने दिनसम्म
के थाहा मेरो आँगन
मेरो रहने हो या हैन ?
अर्काको गुलाम बनाउन
अर्काको सैनिक बनाएर आफ्नै देश ताक्न
भोलि अर्कैको झन्डा मुनि बसेर
ताक्ने हो कि मेरै छातिमा निशाना ?
अर्कैको नुन खाएर
आफ्नै जमिनमा जन्मिएर
अर्काको हैकम स्विकार्न
के परजीवी जन्माएर
महान आमा बनूँला र म ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->