आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सपना नेताको होइन जनताको पूरा हुनुपर्छः उम्मेदवार धर्मराज

सपना नेताको होइन जनताको पूरा हुनुपर्छः उम्मेदवार धर्मराज


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७६, शनिबार

पोखरा, ७ मंसिर – समाजवादी पार्टीले शुक्रबार पोखरा–७ मा चुनावी प्रचार गरेको छ । घरदैलोमा पुगेका धर्मराज गुरुङलाई प्रतिवद्ध भएर जनताको सेवा गर्ने अवसर दिलाउने शुभकामना दिएका छन् । मतदाताको शुभकामनापछि घरदैलोमा पुगेका धर्मराजले सपना आफ्नो होइन जनताको पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । ‘आज म समाजवादीको उम्मेदवार बनेर घरघर आइरहेको छु । भोट माग्न आइरहँदा यो होइन कि मैले सांसद भएर आफ्नो सपना पूरा गर्छु,’ गुरुङले भने, ‘सपना नेताको होइन जनताको पूरा गर्नुपर्छ भन्ने प्रतिवद्धतासहित चुनावी मैदानमा होमिएको हुँ ।’
यसअघि सांसद भएर गएकाहरुले जनताको सपना होइन, आफ्नो सपना पूरा गर्नेतिर लागेकाले देशले आर्थिक तथा भौतिक विकासको फड्को मार्न नसकेको गुरुङको भनाइ थियो । शिक्षा, स्वाथ्य,यातायात जस्ता आधारभूत आवश्यकता पनि जनताको सहज पहुँचमा अहिलेसम्म आउन नसकेको गुरुङले बताए । ‘शिक्षा, स्वाथ्य, खानेपानी, यातायातजस्ता आधारभूत आवश्यकता पूरा गर्न सामान्य जनतालाई गाह्रो पर्ने स्थिति कसरी आयो ? महंगो शुल्क र अव्यवस्थाले जनताको पहुँच बाहिर गयो,’ इन्जिनियर गुरुङले भने, ‘किनकि ती ठाउँमा ब्यापारी, मन्त्री र सांसदका मान्छेले कब्जा जमाइरहेका छन् ।’
सांसददेखि मन्त्रिसम्म पैसा र स्वार्थको चक्रब्यूहमा फस्ने र सरकारले छिमेकीसामु शीर ठाडो गरेर बोल्न नसक्दा देशकै शीर झुकेको गुरुङको भनाइ थियो । ‘छिमेकीले कालापानीमाथि कब्जा जमाइसक्यो । नेकपा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवाद गर्ने र तत्काल वार्ता गरेर वास्तविकता बाहिर ल्याउन सक्दैनन् ,’ गुरुङले भने, ‘प्रधानमन्त्री गरेनन्, बरु अब समाजवादी पार्टी र हामीजस्ता हिजोका गोर्खा सैनिक जान तयार छौं ।’
राज्यको सम्पत्ति सीमादेखि सार्वजनिक जग्गा र खोलासम्म दोहन गर्ने काम नेकपाले गरेको र सरकारले त्यसको संरक्षण गरिरहेको गुरुङको आरोप छ । सरकारले जनतामुखी नीति ल्याउन नसकेको र संविधानबिपरीत काम गर्नेलाई पनि कारबाही गर्न नसक्दा सबै राजनीतिक दलप्रति बितृष्ण बढिरहेको गुरुङले बताए ।बलात्कार, भ्रष्टाचार, अनियमिता र कुशासनले देशलाई आक्रान्त पारिरहेका बेला सरकारले दोषीलाई कारबाही गरेर जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउने काममा सरकार चुकेको गुरुङको भनाइ थियो । घारिपाटन, चोरसाँघु, मुस्ताङचोक, मासबार, रत्नचोक लगायतका ठाउँमा घरदैलो गर्दै पुगेका इन्जिनियर धर्मराजले देशलाई निस्वार्थी र इमान्दार नेताको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->