मनाङ, ९ मंसिर – अपराधिक क्रियाकलाप न्यूनीकरण गर्नका लागि नागरिक र प्रहरीको भूमिकाका वारेमा हिमालपारीको जिल्ला मनाङको नासों गाउँपालिका-२ नाँचेमा नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम सोमवार समपन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिमा प्रहरी चौकी धारापानीको आयोजनामा सो कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
अन्तरिक्रया कार्यक्रममा अपराध नियन्त्रण, लैङ्गिक हिंसा नियन्त्रण, जेष्ठ नागरिकको सुरक्षा सम्वन्धमा छलफल, विपद व्यवस्थापन, लागुऔषध नियन्त्रण, घरेलु हिंसा नियन्त्रण तथा समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणको लागि नागरीक र प्रहरीले खेल्नुपर्ने भुमिका र जिम्मेवारीका वारेमा छलफल गरिएको थियो ।
सिमा प्रहरी चौकी धारापानीका प्रसनि मुक्त बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नासों गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष भीम बहादुर गुरुङले समाजलाई असल र शान्तीपूर्ण बनाउने दायित्व हरेक नागरिकको भएको वताए । प्रहरी र नागरिकले आआफ्नो दायित्व र जिम्मेवारी पुरा गरेमा शान्तिसुरक्षा र अमनचयन हुने अध्यक्ष गुरुङले वताए । कार्यक्रममा स्थानीय आमा समुह, युवा क्लव, जेष्ठ नागरिक, समाजसेवी, वुद्धिजिवि र स्थानियको सहभागिता रहेको थियो ।





