शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

हावाको उच्च गतिका कारण जोमसोममा जहाज बस्न सकेन, पोखरातिर डाइभर्ट

हावाको उच्च गतिका कारण जोमसोममा जहाज बस्न सकेन, पोखरातिर डाइभर्ट


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७६, बुधबार

जोमसोम, ११ मंसिर – हावाको उच्च गतिका कारण पोखरा-जोमसोम हवाई सेवा बुधबार प्रभावित भएको छ । बिहान ६:३० बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयर र सुमिट एयरको जहाज रनवेमा अवतरण नगरी पोखरा फर्किएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दिपक विकले जानकारी दिए । हिउँदयाम सुरु भएलगत्तै पोखरा-जोमसोम उडान घट्दै गइरहेको छ । सिजनको समय दैनिक १८ उडानसम्म भर्ने गरेको २ एयरलाइन्सका जहाजको मुस्ताङमा जाडो सुरु भएपछि उडान तालिका घटेको हो ।
बुधबार  तारा र सुमित एयरलाइन्सका २-२ गरी ४ वटा उडान रहेपनि उत्तरी हावाका कारण जहाज अवतरण हुन नसकेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख बिकले बताए ।’ पोखराबाट उडेको जहाज जोमसोममा अवतरण गर्न लागिएको थियो । हावाको गति भेरियबल थियो ,’ उनले भने, ‘जहाजले धावनमार्ग छोएपनि जहाज अवतरण गर्न सकेन ।२ वटै जहाज जोमसोम आइपुगे पनि पोखरै फर्किए ।’ कार्यालय प्रमुख विकका अनुसार मुस्ताङमा ४७ नर्थको हावा चलेको बताए । यात्रुले भरिएको जहाजमा पाइलटले रिक्स लिन मुस्किल परेका कारण जहाज फर्किएको छ ।
सामान्यतया जहाज अवतरणका लागि २० नर्थ देखि कम हुनुपर्नेमा अत्यधिक हावा प्रवाह भएको जनाए । मुस्ताङमा हावाको गति तीव्र बेगका कारण निलगिरी र धौलागिरी हिमाल आसपासमा फुर्रर हिउँ परेको छ । हावाको गतिले जोमसोम आसपासका स्थानमा धुलाम्मे भइरहेको छ भने मौसम पनि ढुम्म छ। हिउँदयामसँगै पोखरा-जोमसोम हवाई उडान नियमित नभएको बिमानस्थलले जनाएको छ । मुस्ताङ उडान नियमित नभएपछि सदरमुकाम जोमसोम सुनसान बनेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->