शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मनाङमा लैंङ्गिक हिंसा विरुद्ध नागरिक र्याली

मनाङमा लैंङ्गिक हिंसा विरुद्ध नागरिक र्याली


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७६, मंगलबार

मनाङ, २४ मंसिर – लैङ्गिक हिंसा विरुद्ध १६ दिने सचेतना अभियान अन्तरगत मनाङ प्रहरीले मंगलवार नागरिक सहभागी र्याली, पर्चा वितरण सहितको कार्यक्रम गरेको छ । जिल्ला सदरमुकाम चामे बजार स्थित चामे गाउँपालिकाको कार्यालय अगाडीवाट सुरु भएको र्याली सिटिजन वैंकचोकमा पुगेर एक कार्यक्रमका विच समापन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले यस किसिमका कार्यक्रमले आमनागरिकमा सचेतना र जागरण ल्याउने वताए ।जिल्ला प्रहरी कार्यालय मनाङको आयोजनामा शुरु भएको लैंङ्गिक हिंसा विरुद्ध सचेतना, अन्तरकृया, पर्चा वितरण लगायतका १८ वटा विभिन्न कार्यक्रम सम्पन्न गरिएको मनाङका प्रमुख प्रहरी नायव उपरिक्षक टिका वहादुर कार्कीले जानकारी दिए । कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख, पतिनिधी, स्थानिय आमा समुह, युवा क्लवका पदाधिकारी लगायत स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->