आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३
  • १३ मंसिर २०८३ , आइतबार
  • November 29 2026

पञ्चासेमा बालाचतुर्दशी मेला हुँदै

पञ्चासेमा बालाचतुर्दशी मेला हुँदै


  • ढाेरपाटन संवाददाता
  • मंसिर १३ २०८३, आइतबार

पोखरा / कास्कीको पर्यटकीय तथा धार्मिक गन्तव्य पञ्चासे क्षेत्रमा पर्यटन प्रवद्र्धन, खेलकुद विकास तथा धार्मिक–सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले १५औँ सिधाने पञ्चासे बालाचतुर्दशी मेला–२०८३ आयोजना हुने भएको छ । पञ्चासे आदर्श क्लब पोखरा–२३ को आयोजनामा आगामी मंसिर १९ देखि २१ गतेसम्म तीन दिन मेला सञ्चालन हुन लागेको हो ।

पञ्चासे भञ्ज्याङस्थित हाई अल्टिच्युड खेलमैदानमा आयोजना हुने मेलाको मुख्य आकर्षण वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र छेलो हान्ने प्रतियोगिता रहने पत्रकार सम्मेलनमार्फत क्लबका अध्यक्ष वेद प्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार भलिबल प्रतियोगिताको विजेता टिमले एक लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले ६६ हजार ६६६ रुपैयाँ र सेमिफाइनलमा पुग्ने दुई टिमले जनही ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यसैगरी, छेलो हान्ने प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार र द्वितीय हुनेलाई तीन हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । खेलकुदका अतिरिक्त मेलामा म्युजिकल चेयर, मकै गन्ने खेल तथा नृत्यलगायत मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ । पञ्चासे दर्शनका लागि आउने भक्तजन तथा पर्यटकलाई लक्षित गरी निःशुल्क खानेपानी र लट्ठी वितरणको व्यवस्था पनि गरिनेछ । मेलामा सहभागी हुनेहरूका लागि प्राथमिक उपचार, व्यवस्थित पार्किङ तथा सरसफाइको प्रबन्ध मिलाइने क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->