आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३
  • १३ मंसिर २०८३ , आइतबार
  • November 29 2026

जिम्न्यास्टिकमा पदक विहिन गण्डकी

जिम्न्यास्टिकमा पदक विहिन गण्डकी


  • ढाेरपाटन संवाददाता
  • मंसिर १३ २०८३, आइतबार

पोखरा /  दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत जिम्न्याष्टिकतर्फ गण्डकी पदक विहिन बनेको छ । आइतबार जिम्न्याष्टिकतर्फका खेल सम्पन्न हुँदा गण्डकी प्रदेश समग्रमा पाँचौ स्थानमा रह्यो ।

गण्डकी प्रदेश १ सय २१ दशमलव ५५ अंकका साथ पाँचौँ स्थानमा रह्यो । आर्मी महिला र पुरुष दुवैतर्फ गरि २ सय ९२ दशमलव १३ अंकका साथ पहिलो स्थानमा रह्यो । दुई सय ५९ दशमलव ५० अंकसहित एपिएफ दोस्रो भयो ।

बागमती प्रदेश तेस्रो स्थानमा रह्यो । बागमतीले २ सय ५९ दशमलव १८ अंक प्राप्त ग¥यो । नेपाल प्रहरीले १ सय ७४ दशमलव ९० अंकसहित चौथो स्थान हासिल गर्दा, सुदूरपश्चिम प्रदेशले ५२ दशमलव २५ अंक जोडेर छैटौँ, लुम्बिनी प्रदेशले ४७ दशमलव ७० अंकसहित सातौँ र कोशी प्रदेशले ३२ दशमलव ७५ अंकसहित आठौँ स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->